काठमाडौ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमको लागि पुर्याइएको छ ।
बिहीवार दिउसो ताप्लेजुङको सुकेटार विमानस्थलवाट शवहरु सेनाको एमआई १७ हेलिकोप्टर मार्फत काठमाडौ ल्याइएको थियो ।
शबहरु मध्ये पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको शबलाई अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा बिहिबारनै राखिने भनिएको थियो तर टिचिङ हस्पिटलमा पोस्ट मार्टम को काम नसकिएको ले शुक्रबार बिहान ८ बजेदेखि राखिने बताईएको छ ।





