नेता भरतमोहन अधिकारीको निधन
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार निधन भएको हो ।
अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा सारिएको थियो ।
अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उहाँले तीन दिनदेखि परिवारका सदस्यले बोलाउँदा प्रतिक्रिया जनाउन सक्नुभएको थिएन ।
अधिकारीको शुक्रबार साँझदेखि पिसाब रोकिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो ।
अस्पतालको धारणापछि अधिकारीको अवस्था सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेता सहभागी हुनुहुन्थ्यो ।
श्रोत ः जनता समाचार डट कम
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
