Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

आगलागीमा परी तेह्रथुममा २० बर्षीय छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, फाल्गुन, २१
आगलागीमा परी तेह्रथुममा २० बर्षीय छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

तेह्रथुम / तेह्रथुमकाे छथर गाउपालिका–२ हमरजुङ स्थित शुक्रबारेमा बजार स्थित एक घरमा मंगलबार बिहान आगलागी हुदा एकजनाको जलेर मृत्यू भएको छ भने एकजना घाईते भएका छन्

। बिहान ६ः१५ को समयमा टुकीबाट आगो बाल्ने क्रममा आगलागी हुदा बर्ष २० की सम्झना कार्कीको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यलय तेह्र्रथुमका प्रहरी निरिक्षक नारायण गौतमले जानकारी दिएका छन् । आगलागीबाट सम्झनाकी आमा ५५ बर्षिया राममाया कार्की गंभिर घाईते भएकी छिन् ।

उनलाई उपचारका लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट हुदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेकाे छ ।

प्रहरी र स्थानियबासीको सकृयतामा एकघण्टा पछि अागाे नियन्त्रणमा आएको थियो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स