तेह्रथुम / तेह्रथुमकाे छथर गाउपालिका–२ हमरजुङ स्थित शुक्रबारेमा बजार स्थित एक घरमा मंगलबार बिहान आगलागी हुदा एकजनाको जलेर मृत्यू भएको छ भने एकजना घाईते भएका छन्
। बिहान ६ः१५ को समयमा टुकीबाट आगो बाल्ने क्रममा आगलागी हुदा बर्ष २० की सम्झना कार्कीको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यलय तेह्र्रथुमका प्रहरी निरिक्षक नारायण गौतमले जानकारी दिएका छन् । आगलागीबाट सम्झनाकी आमा ५५ बर्षिया राममाया कार्की गंभिर घाईते भएकी छिन् ।
उनलाई उपचारका लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट हुदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेकाे छ ।
प्रहरी र स्थानियबासीको सकृयतामा एकघण्टा पछि अागाे नियन्त्रणमा आएको थियो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।






