Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, यसै महिना श्रम सम्झौता गर्ने तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, फाल्गुन, २४
जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, यसै महिना श्रम सम्झौता गर्ने तयारी

| जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । 

मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ । 

त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ । ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ ।’ मन्त्रालय स्रोतले भन्यो,‘त्यसअघि भाषा परीक्षा हुन्छ ।’

– यो समाचार  अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् । 


Top Changing Nepal

युट्युब सट्स