आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय
फागुन २८, ओखलढुंगा | ओखलढुंगामा आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई जेल सजाय गरिएको छ ओखलढुंगा गरेको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ ।
प्रहरीका अनुसार हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिना गरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो ।
मुलुकी अपराध संहिता कार्यान्वयनमा आएपछि कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा यही हो । यसअघि पनि अभियुक्त पुर्पक्षका लागि कारागारमा थिए ।
प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन । पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए ।
उनीविरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो । पीडित बालिकाले अधिकारकर्मीको सहयोगमा बाबुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी गरेकी थिइन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
