जन्ती बोकेको बस दुर्घटना, दुइको मृत्यु, १७ जना घाइते
जानकारी केन्द्र
२०७५, फाल्गुन, २८
फागुन २८, हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी टोली घटनास्थल पुगेको छ । अहिले उद्दारको कार्य चलिरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
