सिके राउतले गठबन्धनको बैठक बोलाए !
जानकारी केन्द्र
२०७५, चैत्र, २
चैत २, काठमाडौं | सरकारसँग ११ बुँदे सम्झौता गरेको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ ।
गठबन्धनले सिरहाको लहानमा आइतबार बस्ने बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाइसकेको छ । बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ ।
बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौता र आगामी रणनीतिको बारेमा छलफल हुने बताइएको छ । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुनेछ भने त्यसपछि गठबन्धनका संयोजक राउत मधेश दौडामा निस्किने बताइएको छ ।
परिषद्को बैठक ४ गतेसम्म चल्ने बताइएको छ । परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको –याली निस्किने छ र लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
