• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १८ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

पुनमचन्द अग्रवालको भारत -नेपाल दुवै देशको नागरिकता

admin २०७५, चैत्र, ४

विराटनर / विराटनगरदेखि २२ किलोमिटर टाढा पूर्वी मोरङ रङ्गेलीका एक व्यक्तिले दोहोरा नागरिकता लिएको पाइएको छ । रङ्गेली घर भई हाल विराटनगरमा बस्दै आएका पुनमचन्द अग्रवालको नेपाली र भारतीय दुवै देशको नागरिकता लिएको पाइएको हो ।

अग्रवालले मोरङको रङ्गेली नगरपालिका – ७ स्थायी ठेगाना देखाई नेपाली नागरिकता तथा फारबिसगञ्जको अररिया जिल्लाबाट भारतीय पहिचानपत्र (नागरिकता) र लिएको खुलेको हो । अग्रवालले दोहोरा नागरिकता लिएको भन्दै नागरिकता खारेज गर्न माग राख्दै जिल्ला प्रशान कार्यालय मोरङमा उजुरी परेको छ । 

महाविरप्रसादका जेठा छोरा पुनमचन्दले भारतमा र नेपालमा नागरिकता लिएकोले अनुसन्धान गरि नागरिकता खारेज र आवश्यक कारवाही गर्न जिल्ला प्रशासन कार्यलयमा फागुन २१ उजुरी परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

नागरिकता बनाउँन जिल्ला प्रशासन कार्यालय मोरङबाट गाउँगाउँमा खटिएको बेला अग्रवालले नागरिकता लिएको बुझिइएको छ । नागरिकता वितरण टोलीले नागरिकता नं. १०९९ उल्लेख भएको नागरिकता अग्रवाललाई प्रदान गरेको थियो । उनी नेपाल र भारत दुवै नागरिकताबाट जग्गा खरिद बिक्रीको कारोबार र अवैध मानिएको मिटर ब्याजमा लगानी गर्ने गरेको स्रोतको दाबी छ ।

भारतको विहार राज्य अररिया जिल्लाबाट अग्रवाले भारतीय निर्वाचनको फारबिजगञ्जको भिस्कोमन जोट कारिया मतदान कन्द्रको क्रम संख्या नम्बर १३८५ को निर्वाचन परिचयपत्र समेतको लिएको उजुरी पत्रमा उल्लेख छ । जिल्ला प्रशान कार्यालय मोरङका साहयक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दोहोरा नागरिकता विषयमा प्रशासनमा उजुरी आइरहेको बताए । ‘अहिले दोहोरा नागरिकता लिएको विषयमा उजुरी परिरहेको छ,’ उनले भने, ‘हामीले अनुसन्धान गर्दै आएका छौं । सनाखत गर्ने व्यक्ति, सर्जिवन गर्ने व्यक्तिसँग पनि बुझने काम भइरहेको छ ।’ अनुसन्धानपछि झुटो विवरण पेश गरि नागरिकता बनाएको व्यक्ति रहेछन भने प्रमुख जिल्ला अधिकारीले खारेज गर्नेे उनले बताए । 
यता अनुपचन्द अग्रवालले भने आफुले वर्षौदेखि नेपालमा बसोबास गर्दै आएकोले नेपालको मात्र नागरिकता रहेको दाबी गरे ।

नागरिकता वितरणमा कडाई
पछिल्लो समय झुटा कागजपत्रहरू पेश गरि नागरिकता सिफारिस लिने गरेको खुलसा भएपछि वितरण प्रणालीमा जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ । विराटनगर महानगरपालिका १ मा दलालको प्रभावमा परेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा गैर नागरिकलाई नागरिकताको सिफारिस गरि नागरिकता दिलाएको खुलासा भएपछि कडाई गरिएको बताइएको छ ।
विराटनगर महानगरपालिकाले पनि सर्जिवन गर्दा होस् वा सिफारिस गर्दा पनि गम्भीर भएर गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ । ‘वडा सदस्य तथा वडा अध्यक्षलाई प्रभावमा पारेर प्रक्रियागत कागत मिलाएर भारतीय नागरिकले नागरिकता लिने अवस्था आएपनि चनाखो हुनुपर्ने बाध्यता आएको छ,’ महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने, ‘नागरिकताको सिफारिसमा चनाखो हुन जरुरी छ । ’ केही समय अगाडी विराटनगरमा वडा अध्यक्षकै सिफारिसमा गैर नागरिकले नागरिकता पाएपछि जिल्ला प्रशासन कार्यालय पनि नागरिकता वितरणमा संवेदनशील भएको जनाएको छ । 

नागरिकता छिटो र सुलभ ढंगले दिनुपर्ने बाध्यता जिल्ला प्रशासन कार्यालयलाई भए पनि छिटो सेवा प्रवाह गर्ने नाममा भूलचुक हुनु नहुने गरि शंकास्पद कागजात पेश भएको भए स्थानीय तहका जनप्रतिनिधिको सिफारिस तथा सर्जि्मिन मुचुल्कालाई पनि अनुसन्धान गर्ने गरी कर्मचारीलाई जिम्मेवार बन्न निर्देशन गरेका मोरङ प्रशासन कार्यालयले जनाएको छ ।

दोहोरा नागरिकता खारेज गर्न ८५ उजुरी 
चालु आर्थिक वर्षसम्म ८५ वटा झुडा विवरण पेश गरि किर्ते तरिकाले दोहोरा नागरिकता लिएको भन्दै खारेजी माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । जिप्रकामा परेको उजुरीमाथि छानविन गर्दै आएको कार्यालयले जनाएको छ ।

कार्यालयमा आएको उजुरीमध्ये कतिपय अदालततिर जाने खालका छन् भने कतिपय जिल्ला प्रशासनमार्फत अन्तिम टुंगो लगाउन सकिने खालका रहेको जिल्ला प्रशासन कार्यलय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । उजुरी परेको मध्ये छानविन पछि अदालतमा केही मुद्दा बिचारधिनमा समेत रहेको बताइएको छ । कतिपय उजुरी रिसइबी साँध्ने जस्ता देखिएको जिल्ला प्रशासन कार्यालयको जनाएको छ ।

कार्यालयमा आएको ८५ वटा उजुरी विगत १७ वर्ष यताको रहेको साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । चालु आर्थिक वर्षमा तीन जनाको गैर नागरिकले पाएको नागरिकता खारेज गर्न गृह मन्त्रालयमा सिफारिस गरेको कार्यालयले जनाएको छ । गैर नागरिकलाई नागरिकता दिएको पुष्टि भएपछि खारेज मन्त्रालयले गर्दछ ।

khabarpurwanchal

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.