झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा पत्रकार खनाल पक्राउ
जानकारी केन्द्र
२०७५, चैत्र, ७
चैत ७, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले ‘आवाज डटकम’ अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । “अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ”, प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो । अभियुक्त खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
