न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३५५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ ।
१. गाउँपालिका अध्यक्षको पावरको चरम दुरुपयोग– खानी विभागलाई झुक्याएर ढुंगा खानी सुरु !
धादिङ । धादिङको गल्छी गाउँपालिका ७ मा गाँउपालिका अध्यक्षकै छोराले खानी विभागलाई झुक्याएर ढुंगा खानी सुरु गरेका छन् । गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले खानी विभागमा बान्द्रे ढुंगा खानी दर्ता गराएका छन् । यही उद्योगले गल्छी ७ भाल्टार स्थित जंगलको बिचमा ढुंगा उत्खनन् सुरु गरिसकेको छ ।
खाल्टेखोला सामूदायीक वन भित्र खानी सञ्चालन गर्न तत्कालीन जिल्ला वन कार्यालयबाट स्विकृति लिएको छ, भने खानी विभागमा दर्ता भएको छ । तर खानी विभागमा दर्ता हूँदा गलत प्रतिवेदन पेश गरेर स्विकृति लिएको पाइएको छ । खानी विभागमा खानी सञ्चालन हुने जंगलमा ४ वटा मात्रै भलाएका रुख रहेको भनि पेश गरिएको छ ।
२. श्रम कार्यालयमा सेवग्राही कुट्दै प्रहरी !
जनकपुरधाम । केही महीना अघिसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरुले श्रम अनुमति लिनै काठमाडांै नै आउनु पर्ने बाध्यता थियो । तर सरकारले प्रदेशबाटै पुनः श्रमअनुमति दिने व्यवस्था गरेपछि प्रदेश न २ का सर्वसाधारणलाई काठमाडाैं आउनु पर्ने बाध्यता हट्यो तर श्रम कार्यालयमा पाउने सास्तीको पारो झनै बढेको छ ।
मंगलबार दिउँसो जनकपुर स्थीत हाम्रा टिभी जर्नलिष्ट घनश्याम मिश्र श्रम कार्यालयमा पुग्दा पनि अवस्था फरक थिएन । सेवाग्राहीको सुरक्षार्थ खटिएका प्रहरी सेवाग्राहीलाई मानविय व्यवहार नै नगरे जस्तो देखिन्छ ।
news24nepal.tv







