IPL क्रिकेट: सन्दिप लामिछानेको टिम दिल्ली चेन्नईसँग ६ विकेटले पराजित
काठमाडौँ | इंडियन प्रीमियर लीग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत ५ औं खेलमा फिरोजशाह कोटला स्टेडियममा दिल्ली क्यापिटललाई चेन्नई सुपरकिंग्सले ६ विकेटले पराजित गरेको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नई सुपर किंग्सलाई ६ विकेट गुमाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जुन लक्ष्यलाई चेन्नईले १९.४ ओभरमा पुरा गर्दै जित हाँसिल गर्यो ।
खेलमा दिल्लीका ओपनर पृथ्वी सावले १६ बलमा २४ रन जोडे भने अर्का ओपनर शिखर धावनले ४७ बलमा ५१ रङ जोडे । त्यस्तै रिसव पन्तले १३ बलमै २५ रन जोडे भने श्रेयस ऐयरले २० बलमा १८ रन जोडे । त्यस्तै कोलिन इनग्रामले २ रन र नटआउट रही अक्षर पटेल र राहुल टेवतियाले क्रमश ९ र ११ रन जोडे । यसरी ६ विकेटको क्षतिमा दिल्लीले १४७ रनको स्कोर जोड्यो ।

दिल्लीबिरुद्ध फिल्डीङको क्रममा चेन्नईका द्वाने ब्रावोले ३ विकेट लिन सफल भए । त्यस्तै दिपक चाहर, रविन्द्र जाडेजा र इमरान ताहिरले १/१ विकेट लिए ।
दिल्लीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपर किंग्सका सेन वाटसनले ४४ रन, अम्बाती रायाडूले ५ रन, सुरेस रैनाले ३० रन, केदार ज्यादभले २७ रन, कप्तान एमएस धोनीले नट आउट रही ३२ रन र अन्त्यमा ब्याटिङ सम्हालेका ब्राभोले ४ रन जोडे । यसरी चेन्नईले १४८ रनको लक्ष्य १९.४ ओभरमा पुरा गर्दै १५० रन बनाउँदा दिल्ली पराजित बन्यो । चेन्नईको विकेट लिने क्रममा दिल्ली क्यापिटलका अमित मिश्रले २ विकेट, इसान्त शर्माले १ विकेट, कागीसो रबडाले १ विकेट लिए । तर दिल्लीले खेलमा जित्न सकेन । आइपिएल सिजन १२ को खेलमा चेन्नईको यो लगातार दोश्रो जित हो भने दिल्लीको पहिलो हार हो । यस अघि दिल्लीले १ जित दर्ता गरिसकेको छ ।

दिल्लीको तर्फबाट यस पटकको आइपीएलमा सन्दिप लामिछानेले पनि खेल्दैछन् तर दिल्लीको दोश्रो खेलसम्म सन्दिपले खेलमा उत्रने अवसर पाएका छैनन् । मंगलबार रातिको खेलमा दिल्लीको कमजोर फिल्डीङबारे बोल्दै कमेन्टरले दिल्लीको बिकल्पमा सन्दिप लामिछाने रहेको बताएका थिए ।
अब आइपीएल सिजन १२ अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र किंग्स इलाभेन पन्जावबीच खेल बेलुका ८:१५ बजे हुनेछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
