• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १२ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १२ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १३ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १६ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २० घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • २० घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • २१ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

लगातार ४५ दिनसम्म PUBG खेल्दा २० बर्षीय युवाको मृत्यु, अर्का २५ बर्षीय युवाले एसिड पिए

admin २०७५, चैत्र, १३

| नेपालमा धेरै युवाहरुको लोकप्रिय बनिरहेको PUBG को नकारात्मक बिषयमा धेरै बिषयहरु सार्वजनिक भईरहेको बेला भारतमा एउटा अचम्मको घटना घटेको छ ।

भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकले लगातार ४५ दिनसम्म ‘PUBG’ खेल खेल्दा मृत्युको सिकार बन्नु परेको भारतीय सञ्चार माध्यमहरुले समाचार भाइरल बनाएका छन् ।

युवाहरुको आकर्षक मोबाइल गेमको रुपमा रहेको PUBG खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको बेला भारतको ठूलो बजारमा यसै समाचारले सनसनी मच्च्याएको छ । नेपालमै पनि बिभिन्न युटुबरदेखि सामाजिक संजालमा PUBG खेलको बिषयमा टिप्पणीहरु हुने गरेका छन् ।

मिडिया रिपोर्ट अनुसार ति २० बर्षीय युवाले ४५ दिनदेखि लगातार ‘PUBG’ गेम खेलिरहेका । लगातार गेम खेलेका उनलाई गर्धन निकै दुख्ने समस्या हुन थाल्यो । त्यसपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको मृत्यु भएको हो ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले लगातार ४५ दिनसम्म गेम खेलिरहेकाले उनको गर्धनको नसा चुडिएको बताएका छन् । PUBG गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

पबजी खेलको चर्को विरोधपछि यो अनलाइन गेम निर्माता PUBG कर्पोरेशनले गेम खेल्न चाहानेले दैनिक ६ घण्टामात्र PUBG खेल्न पाउने व्यवस्था गरेको छ । उक्त फिचर अनुसार यो गेम खेल्नेलाई खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिईनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिक लग आउट हुनेछ । त्यसपछि अर्को दिन मात्र PUBG खेल्न पाइनेछ ।

पानि सम्झिएर एसिड

PUBG गेमको लतको कारण भारतमा यो मात्रै पहिलो घटना होइन । भारतको मध्येप्रदेशको भोपालमा एक युवकले पबजी गेम खेलको असरले पानी भनेर एसिड पिएका थिए । समयमै ति युवकलाई उनको परिवारले अस्पताल लगेको कारण उनको ज्यान बचेको थियो । युवकको उपचार गरेका डाक्टर मनन गोगियाले भने अनुसार ति २५ बर्षीय युवकले घरको आँगनमा PUBG खेल्दै गर्दा पानी सम्झिएर एसिड पिएका थिए ।

रेलवे ट्रयाकमा बसेर PUBG खेल्दै गरेका दुई युवक मारिए

यो केहि भारतीय संचार माध्यममा एक साता मात्र अघि आएको समाचार हो । समाचार अनुसार महाराष्ट्रको हिंगोलीमा रेल्वे ट्रयाकमा बसेर PUBG खेल्दै गरेका दुई युवकको मृत्यु भएको थियो । अघिल्लो शनिवार साँझ रेलवे ट्रयाकमा बसेर फोनमा पबजी खेलीरहेका उनीहरुले ट्रेन आएको समेत थाहा पाएनन् । यसै क्रममा उनीहरु दुवै जनालाई ट्रेनले हानेर मारेको थियो । उक्त क्रममा मृत्यु हुनेहरुमा नागेश गोरे (बर्ष २४ का) र स्वप्निल अन्नापूर्णे (बर्ष २२ का) रहेका छन् ।

के हो PUBG ?

पबजी एक अनलाइन गेम हो । यसमा भाग लिने खेलाडीहरुले आफैलाई जिउँदो राख्नको खेल खेलेर अरुलाई मार्नु पर्ने हुन्छ । हिंश्रक प्रवृत्तिको यो खेलको असर साना बच्चा, किशोर अवस्थादेखि वयस्कसम्मलाई परिरहेको छ । PUBG को पूरा रुप Player Unknown’s Battle Grounds हो । यो खेल खेल्न कतिपय युवाहरुले राम्रो मोबाइलको अफर पनि गर्ने गरेका छन् । जति राम्रो मोबाइल भयो त्यतिनै यो गेम खेल्न मज्जा आउने युवाहरुले बताउँछन् । मोबाईलमा करिब २ जिबि र्यामको आवश्यकता हुने यो खेल खेल्नकै लागि आफ्ना बुबा आमासँग झगडा गर्ने देखि पैसा चोर्नेसम्मको नकरात्मक काम भईरहेको बुझिएको छ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड भन्दा बढी मानिसहरुले खेल्ने गरेको पाइएको छ ।

PUBG खेल दक्षिण कोरियाको ब्लुहोला कम्पनीको सहायक कम्पनी पबजि कर्पोरेसन ले बनाएको हो ।

यो गेममा १ सय जना खेलाडीलाई ब्याटल ग्राउन्डमा लड्न छाडिन्छ । उनिहरु सम्पुर्ण शक्ती लगाएर ब्याटल ग्राउन्डमा लड्छन । यो लडाइमा जो अन्तिम समयसम्म बाँच्छ उ नै यस खेलको बिजेता हुन्छ । विश्व स्वास्थ्य संगठनले समेत PUBG गेम खेल्दा खेल्ने व्यक्तिको मानसिक स्वास्थ्य बिग्रन सक्ने सूचना दिएको छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.