• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

विप्लव समूह , अहिलेसम्म को-को पक्राउ परे ? (नामसहित)

चैत १३, काठमाण्डौ । सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेकाहरूमध्ये हालसम्म उच्चस्तरको नेता भने मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) हुन् ।ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् ।

ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन् । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए ।विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्ज्वल) पक्राउ परेका छन् । श्रेष्ठलाई अघिल्लो बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच अछाममा त दोहोरो भिडन्त भयो । जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको हो ।
त्यसक्रममा पनि ४ जना पक्राउ परे ।

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।केही दिनअघि मात्रै प्रहरीले कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर)लाई पनि पक्राउ गरेको थियो । पक्राउ गरिएका नेतामा टीकाराम नेपाली र लालबहादुर सुनार छन् ।

विप्लव समुहका सप्तरी जिल्ला ईन्चार्ज सहित तीनजना तेजनारायण यादव, नुन्नु राम र गणपति साह पनि पक्राउ परेका छन् ।कास्कीमा पनि मंगलबार उक्त पार्टीका प्रदेशस्तरीय नेता किसानसिंह गुरुङ पक्राउ परेका छन् । गुरुङ विप्लवको पार्टीले २ वर्षअघि घोषणा गरेको तमुवान जनसरकारका प्रमुख हुन्। पछिल्लो समय उनी जनपरिषद् तमुवान संयोजक छन् ।
त्यसैगरी तनहुँ प्रहरीले विप्लवका ३ पक्राउ कार्यकर्ता पक्रेको छ । केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ परेका हुन् ।

उता, म्याग्दीमा जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन् । मालिका गाउँपालिका–३ का पुनसहित म्याग्दीमा प्रहरीले अरु २ जनालाई पनि पक्राउ गरेको छ ।

नवलपरासी जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्द्नियालाई सोमबार राति पक्राउ गरेको हो ।खैरनीमा बस्दै आएका ज्ञवालीले केही समय अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेका थिए ।सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग
    • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?
    • कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    • रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    • २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.