• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ११ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ११ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १२ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १५ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १९ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १९ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • २० घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

म्यानपावरले लागत भन्दा बढी रकम मागेमा ११४१ नम्बरमा तुरुन्त कल गर्नुस्

admin २०७५, चैत्र, १८



मनोज पराजुली, चैत १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा विच कल सेन्टरको श्रम मन्त्री गोकर्ण विष्टले शुभारम्भ गरेका छन् ।

श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाहरुका समस्या, जिज्ञासा, गुनासा र सुझावहरु प्रत्यक्ष सङ्कलन र सम्बोधन  गर्नेगरी कल सेन्टरको  स्थापना गरिएको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिए । कल सेन्टरमा प्राप्त हुने गुनासा सम्बन्धित कार्यालयमा पठाउने र गुनासा, जिज्ञासाको प्रकृति हेरेर सम्बोधन गर्ने मन्त्री विष्टले बताए । 

कल सेन्टरबाट के के सुविधा हुन्छ ?

कल सेन्टरमार्फत मन्त्रालयले मुख्यगरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषको साथै मन्त्रालय मातहतका अन्य निकायहरूबाट भइरहेका काम कारबाहीबारे जिज्ञासा राख्ने, सरोकारवालाई जानकारी दिने, रचनात्मक सुझावहरु प्राप्त गर्ने र गुनासाहरुको सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गर्ने जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका समस्यामा परी न्यायको खोजीमा रहेकाहरू, विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरु, विविध कारणले मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरु, झुठा मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारहरुले सोझै कल सेन्टरमा सम्पर्क गर्न सकिने श्रम मन्त्रालयले जनाएको छ । 

कल सेन्टरमा उजुरी दर्ता भए लगत्तै श्रम मन्त्रालय मातहतका सम्बन्धित कार्यालयका अधिकारी तथा निकायलाई इमेल र मोबाइलमा सूचना (नोटिफिकेसन) समेत हुने गरी सफ्टवेयर विकास गरिएको मन्त्रालयको भनाई छ । उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गरिने व्यवस्था गरिएको मन्त्रालयले  जानकारी दिएको छ । कल सेन्टरमा आएका गुनासाहरु सम्बन्धित निकायले सम्बोधन गरे वा नगरेको विषयमा मोबाइल  एप मार्फत श्रम मन्त्री विष्टले नै दैनिक निरीक्षण गर्न सक्नेछन् ।  

जनशक्ति कति छन् ? 

कल सेन्टरका लागि हाल १ जना संयोजक सहित ९ जना कर्मचारीको व्यवस्था गरिएको छ । निजामति सेवा बाहिरका कर्मचारीलाई रोजगार सेवा प्रदायक संस्था मार्फत लिइएको छ । मन्त्रालयको नीति र नियम भित्र रहेर काम गर्ने गरि प्राविधिक रुपमा काम गर्न सक्ने कर्मचारी लिइएको श्रम मन्त्रालयले जनाएको छ।  

कति समय खुल्छ ?

कल सेन्टर बिहान ७ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ । हाल सेवाग्राहीको संख्या र मागलाई ध्यानमा राखी भविष्यमा यो सेवालाई आवश्यकता अनुरुप चौविसै घण्टा र निशुल्क गराउने तर्फ लागिएको मन्त्रलायले जानकारी दिएको छ । कल सेन्टरमा एकै पटक ४ ओटा फोनमा कुराकानी गर्न  सक्ने व्यवस्था रहेको छ ।

गुनासो कसरी  गर्ने ?

गुनासाहरु स्वेदशबाट ११४१ वा १६६००१५००५ मा तथा विदेशबाट ईमेल, फेसबुक, मेसेन्जर, इमो, भाइबरबाट निशुल्क ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।



तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.