Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

भूकम्प भन्दा पनि खतरनाक तराइको आँधीबेहरी, पक्कि घर समेत ढले

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, १८
भूकम्प भन्दा पनि खतरनाक तराइको आँधीबेहरी, पक्कि घर समेत ढले

चैत १८, काठमाडौँ | आइतबार असिना संगै आएको आँधीबेहरीले बारा र पर्साका केहि गाउँमा ठूलो धन-जनको क्षेती पुर्याएको छ । आँधीको कारण पक्की घरहरु समेत ढलेका छन् । यो आधी हालसम्मकै विनासकारी भएको जानकारहरूको भनाई छ ।

बाराको फेटा गाउँपालिका-१ को भर्वलिया र सोही गाउँ पालिकाको वडा नम्बर ६ को पुरैनियामा आँधीबेहरीले धेरै धनजनको क्षति पुर्याएको छ । त्यस्तै कलैयामा पनि क्षेती छ । भर्वलियाका ७५ प्रतिशत भन्दा बढी घरमा क्षति पुगेको छ । उता पुरैनियामा बढी मानिसको मृत्यु भएको छ । आँधीबेहरीकै कारण उक्त स्थानमा ९ जनाको मृत्यु भएको छ । 


उक्त स्थानमा बढीभन्दा बढी घर फुस र खबटाले छाएका हुन्छन्, ति सबै उडाएर तितरबितर पारिएको छ । हावाहुरीले सबै बिकासको संरचनामा समेत प्रभाव पारेको छ । बिजुलीका पोलहरु ढलेको कारण बिजुली छैन । कयौं रुख र हाँगाहरु भाच्चियएर बाटोहरु बन्द भएका छन् । 

Top Changing Nepal

युट्युब सट्स