जिल्ला सभापतिहरुको भेला भोलीदेखि, शीर्ष तहमै चरम विवाद
काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र फेरि विवाद चर्किने भएको छ । विधानका विषयलाई लिएर पार्टीका जिल्ला सभापतिहरु बुधबार काठमाडौंमा भेला हुँदै छन् ।
जिल्ला सभापतिहरु पार्टीको केन्द्रिय समिति बैठकले महासमिति बैठकको एजेण्डाविपरीत विधान पारित गरेपछि परिमार्जनका लागि दबाबस्वरुप पुनः भेला हुन लागेका हुन् । यसरी कांग्रेसभित्रको विवाद फेरि सतहमा देखिएको छ ।
गत मंसिर ११ र १२ गते नुवाकोटको ककनीमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टी विभिन्न २४ बुदें सुझाव प्रतिवेदन बुझाएको थियो । उक्त भेलाले गरेको निर्णय र दिएका सुझावहरुमध्येको प्रमुख मुद्दाको रुपमा रहेको विधानसम्बन्धी दुई बुँदाबारे महासमिति हुदै केन्द्रिय समितिमा आएर पनि टुङ्गो नलागेपछि जिल्ला सभापतिहरु पुन एकजुट भएका हुन ।
गत मंसिरमा ककनीमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले संशोधित विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने त्यसको लागि वडास्तरबाटै चुनाव जितेर आउनुपर्ने र आरक्षणको सुविधामा एकपटक मात्र अवसर दिनुपर्ने भन्ने बुदालाई केन्द्रिय समिति बैठकले समेत नमानेपछि जिल्ला सभापतिहरु थप रुष्ट हँुदै आएका छन् ।
केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचार गर्न दबाबस्वरुप आफुहरु भेला भएको र भेलाले विशेष महाधिवेशन बोलाउनेसम्मको निर्णय गर्ने चेतावनी जिल्ला सभापतिहरुले दिएका छन् ।
त्यसो त यो विषय उनीहरुले महासमिती बैठकमा समेत राखेका थिए । तर यही विषयमा विवाद भएपछि ३ दिनको लागि बोलाइएको महासमिति बैठक ९ दिन सम्म चलेको थियो । दुइदिनसम्म चल्ने अबको भेलाले पार्टीको नेतृत्वको गलत प्रविद्धि र विधानमा परिमार्जन गरीछाड्ने अठोट लिएका छन । चैत २३ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना माग राख्ने गरी २० र २१ गते भेला राखिएको बताइएको छ ।
गत मंसिर–पुसमा सम्पन्न महासमिति बैठकको समापन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएको मौखिक प्रतिबद्धता विपरित पार्टी केन्द्रीय कार्यसमितिबाट बहुमतले पारित विधानमा पुनर्विचार गर्न जिल्ला सभापतिहरुले दवाव दिएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल,तथा नेता कृष्ण सिटौला पक्षधरका नेताहरुले पनि सभापति देउवाप्रति तीव्र असन्तुष्टि राख्दै आइरहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
