पाकिस्तानले भारतसँगको सम्बन्ध सुधार गर्न ३ सय ६० कैदीलाई रिहा गर्ने
चैत २३, काठमाडौं | पाकिस्तानले भारतसँगको सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ ।
गएको फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) लाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराएपछि दुई देशबीचकाे सम्बन्ध चिसिएको थियो । त्यस विस्फोटमा परि ४० सुरक्षाकर्मीकाे ज्यान गएको थियो ।
भारतले पनि जवाफी कारबाहीस्वरुप १३ दिनपछि आतंकवादी संगठनको आधारमा हवाई आक्रमण गरेको बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानले एक भारतीय लडाकू विमान खसालेको थियो र पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई पाकिस्तानले रिहा गरेकाे थियो ।
यी दुई पक्षबीच खराब सम्बन्धका कारण जेलमा सजाय पूरा गरेका धेरै कैदीबन्दी पनि जेलमा नै रहेका थिए । जनवरीमा यी दुई पक्षलाई दिएको सूची नुसार, भारतीय जेलमा ३ सय ४७ पाकिस्तानी कैदी रहेका छन्, जसमा प्रवक्ताले २४९ साधारण नागरिक र ९८ माझीको रुपमा रहेकाे उल्लेख गरेका छन् ।
पाकिस्तानी जेलमा ५ सय ३७ भारतीय कैदी रहेका छन्, जसमा ४ सय ८३ माझी रहेका छन् । एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
