काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलन सम्पन्न
जानकारी केन्द्र
२०७५, चैत्र, २४
काठमाडौं, २४ चैत । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा मनाइएको छ । ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सम्मेलन मनाइएको हो।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले मशाल बालेर सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलनमा उल्लेख्य जनसहभागिता रहेको थियो। युवादेखि वृद्धवृद्धामात्र होइन महिलाहरू बच्चा बोकेर सम्मेलनमा देखिएका थिए।
कार्यक्रम सुरू हुनुअघि ७ वटा आर्कबाट निकालिएको जुलुस वर्तमान सरकार र व्यवस्थाकाविरूद्ध चर्का नारा लगाउँदै कार्यक्रमस्थल प्रवेश गरेको थियो । कार्यक्रममा विभिन्न जातीय संस्कृति झल्कने नाच तथा झाँकी प्रस्तुत गरिएको थियो । समारोहको अध्यक्षता मोर्चाका अध्यक्ष सीपी गजुरेलले गरेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


