Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

PUBG नखेल भनेर आमाले गाली गर्दा छोराले गरे आत्महत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, २६
PUBG नखेल भनेर आमाले गाली गर्दा छोराले गरे आत्महत्या

पबजी खेलका कारण भारतको दक्षिणी क्षेत्रमा एक किशोरले आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।

१६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको ‘सिलिङ फ्यान’मा झुण्डेर आत्महत्या गरेका हुन् ।

Top Changing Nepal

युट्युब सट्स