पूर्व राजा ज्ञानेन्द्रको गाडीको ठक्करबाट एकको मृत्यु, १ जना घाइते
जानकारी केन्द्र
२०७५, चैत्र, २८
चैत २८, विराटनगर | मोरङमा पूर्व राजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार राती शाहले चढ्ने गरेको बा ३ च ७९६२ नम्बरको कारले मोरङ सुन्दर हरैंचा —४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी —८ का हेम चौधरीको मृत्यु भएको हो।
कारले ठक्कर दिएपछि घाइते मोटरसाइकल चालक प्रकाश चौधरी र हेम चौधरी गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारका क्रममा हेम चौधरीको राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा आउँदा सोही कार चढ्ने गरेका थिए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
