च्याम्पियन्स लिग : युभेन्टस आयाक्ससँग बराबरीमा रोकियो
जानकारी केन्द्र
२०७५, चैत्र, २८
काठमाडौं, २८ चैत। इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आयाक्ससँग बराबरी खेलेको छ । बुधबार राति भएको पहिलो लेगमा नेदरल्यान्ड्सको आयाक्सले युभेन्टसलाई बराबरीमा रोक्न सफल भएको हो ।
युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गरे । यता, आयाक्सका डेभिड नेरेशले गोल गरे । रोनाल्डोले गोल गरेपनि युभेन्टसले जित हात पार्न भने सकेन । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफको सुरुवाती समयमै गोल खान पुग्यो ।
खेलको ४५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर खेलको ४६औं मिनेटमा युभेन्टसले गोल खान पुग्यो । डेभिडले गोल गरेपछि आयाक्सले खेल १-१ गोलको बराबरीमा ल्याएको थियो । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल १-१ गोलकै बराबरीमा टुंगिएको हो । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
