• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

  • १०. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष सार्वजनिक

काठमाडौं, ३० चैत । सजिलो न्यूज एप्लिकेशनमार्फत लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष आज सार्वजनिक गरिएको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त अनलाईन शब्दकोषको सार्वजनिक गरिएको हो । भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, प्राज्ञ अमर तुम्याहाङ, प्रा. बालकृष्ण माबोहाङ र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा उक्त शब्दकोष सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले लिम्बु भाषालाई संरक्षण गर्नको निमित्त राज्यले बहुभाषिक नीति लागु गरेको सुनाए ।  उनले भने,‘सरकारले अहिले सोहीअनुसार पाठ्यक्रम निर्माण गरिरहेको छ । राज्यले पर्याप्त स्रोत र साधनको अभावका कारण यसलाई अझै प्रभावकारी बनाउन सकिरहेको छन् । आगामी दिनमा प्रभावकारी बनाउँदै अघि बढ्छ ।’

सजिलो न्यूजमार्फत उक्त भाषाको अनलाईन सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे ।  शिक्षालाई प्रभावकारिता बनाउनको लागि मातृभाषा अनिवार्य आवश्यकत्ता भएको उल्लेख गर्दै उनले आगामी दिनमा राज्यले यसतर्फपनि ध्यान दिनुपर्ने सुझाए ।

त्यस्तै, कार्यक्रममा प्रा. बालकृष्ण माबोहाङले भाषालाई परिवारदेखि राज्यसम्म प्रयोगमा नल्याएसम्म यसको प्रभावकारिता नहुने स्पष्ट पारे । उनले भने,‘लिम्बु भाषालाई संरक्षण गर्ने हो भने आगामी दिनमा पनि यसलाई अझै प्रभावकारी रुपमा प्रयोगमा ल्याउनुपर्छ ।’ उनले लिम्बु भाषालाई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवम् किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष प्रेम येक्तेनले भाषा आयोग र अहिलेसम्म गठन भएका आदिवासीलगायतका आयोगहरुलाई असफल तुल्याउन वर्तमान सरकार लागिपरेको आरोप लगाए ।

उनले यसप्रति सबै सरोकारवाला पक्षले खबरदारी गर्नुपर्ने र आफ्नो अधिकार स्थापित गराउनुपर्नेमा जोड दिए ।  येक्तेनले प्रदेश नम्बर १ मा लिम्बु भाषालाई अनिवार्य रुपमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लिम्बु भाषाको लागि लडेको संकल्प गरेको व्यक्तित्वहरुका लागि आजको दिन खुशीको दिन भएको प्रतिक्रिया दिए ।

उनले भने,‘यो भाषाको संरक्षण र प्रर्वद्धनको लागि महत्वपूर्ण योगदान पु¥याउनुहुने व्यक्तित्वहरु यहाँ देखेको छु । आज यहाँ जुन शब्दकोष सार्वजनिक गरिएको छ, हामीले गौरव गर्नुपर्छ । अबको जमाना भनेको सोसल मिडियाको हो । एप्स नै हो । तपाईहरुले एप्समार्फत तीन भाषामा यो अनलाईन शब्दकोष सार्वजनिक गर्नुभयो । यसले आउने पिढीहरुको लागि पनि महत्वपूर्ण हुनेछ ।’

मुलुकको विकास र समृद्धिमा लिम्बुहरुले ठूलो योगदान रहेको धमलाले विश्वास दिलाए । प्रदेश नम्बर १ को राजधानीको नामाकरण गर्दा लिम्बुको प्रतिनिधित्व हुनुपर्नेमा पनि उनले जोड दिए । उनले भने,‘मैले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाईपनि लिम्बुहरुको भाषा र समूदायलाई सम्मान हुनेगरि प्रदेशको नाम र राजधानी राख्नको लागि भूमिका खेल्न आग्रह गरेको थिएँ ।’

उक्त शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषाको संरक्षण र प्रर्वद्धनमा मद्दत पुग्ने पनि सजिलो न्यूज एप्लिकेशनले विश्वास दिलाएको छ । सजिलो न्यूज प्रा.लीका अध्यक्ष सेरिहाङ लिङ्देनले यो शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषा प्रविधिको उच्चतम प्रयोगले संरक्षण तथा प्रर्वद्धनमा ठूलो योगदान पुगेको विश्वास दिलाए ।

कार्यक्रममा सजिलो न्यूजका सल्लाहकारहरु टिमोटी टिमी, झरेन्द्र लिङ्देन, द हाईल्याण्ड आर्टका प्रमुख कल्पना योङहाङ र संघीय समाजवादी फोरम नेपालका युवा नेता सुवास लाबुङले उक्त शब्दकोष सार्वजनिक गरिएकोमा बधाई दिँदै शुभकामना दिएका थिए ।
कार्यक्रममा पत्रकार धमलालाई सम्मान गरिएको थियो । पत्रकारितामार्फत मुलुकको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याएकोमा धमलालाई सम्मान गरिएको हो ।



    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    ताजा

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.