लुक्लामा विमान दुर्घटना मृतककाे संख्या ४ पुग्याे
वैशाख १, काठमाण्डौ लुक्ला विमानस्थलमा हवाई दुर्घटना भएको छ । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँएर दुर्घटना भएको बताइएको छ |
दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । दुर्घटनामा घाईते असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएको छ । श्रेष्ठको काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो । मृतक एक जनाको नाम भने खुलेको छैन । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।
दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिएका छन । प्रजिअ रानाका अनुसार आइतबार बिहान ९ बजे समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको जनाईएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


