युभेन्टसले जित्यो इटालियन सिरी ‘ए’ को उपाधि
एजेन्सी । युभेन्टसले इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ । फिओरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले पाँच खेल अगावै यो सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको हो ।
शनिबार फिओरेन्टिना विरुद्धको खेलमा एलेक्स सान्द्रोको गोल र जर्मन पेजेल्लाको आत्मघाती गोल युभेन्टसलाई लगातार आठौं सिरी ‘ए’ उपाधि जिताउन पर्याप्त बन्यो । फिओरेन्टिनाले सुरूवातमा अग्रता लिएको थियो ।
युभेन्टसको मैदानमा भएको खेलको छैटौँ मिनेटमा निकोला मिलेनकोभिचले गोल गर्दै फिओरेन्टिनालाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा एलेक्स सान्द्रोले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । त्यस्तै, ५३ औं मिनेटमा जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि युभेन्टसले २–१ को अग्रता लिएको थियो ।
फिओरेन्टिनाविरुद्धको जितसँगै युभेन्टसले पाँच खेल अगावै लिग जितेको हो । युभेन्टसले ३३ खेलबाट ८७ अंक जोडेको छ । जुन दोस्रो स्थानको नापोलीको भन्दा २० अंकले बढी हो । अब बाँकी ५ खेलमा हार व्यहोरे पनि युभेन्टस पछि पर्ने छैन ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


