सन्दिपको उत्कृष्ट ३ विकेटसँगै दिल्लीले पन्जावलाई हरायो, कप्तानले यसरी गरे सन्दिपको तारिफ
वैशाख ८, काठमाडौँ | इन्डियन प्रीमियर लीगको १२ औं सीजन अन्तर्गत ३७ औं खेल फिरोजशाह कोटला मैदानमा भयो । उक्त खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच खेल भयो । जुन खेलमा दिल्ली क्यापिटलले पन्जावलाई ५ विकेटले पराजित गर्यो । खेलमा श्रेयस अय्यर र शिखर धवनको शानदार ब्याटिङको मद्धतले दिल्ली क्यापिटलले पन्जाव विरुद्ध जित हाँशिल गरेको हो ।
खेलमा जितका लागि दिल्लीका श्रेयस अय्यरले नट आउट (५८ रन) र शिखर धवनले (५६ रन) को शानदार ब्याटिङ गरे । त्यस्तै दिल्लीको लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ११ बलमा १३ रन बनाए । त्यस्तै रिशभ पन्तले ७ बलमा ६ रन, कोलिन इन्ग्रामले ९ बलमा १९ रन, अक्षेर पटेलले १ रन र शेरफान रुथफर्डले २ रन जोडे । यसरी दिल्लीले २० ओभरको खेल सकिन २ बल बाँकी छंदै कुल १६६ रन जोडेर जित हात पार्यो । दिल्लीको विकेट लिने क्रममा पन्जावका हार्दुस भिलजोइनले २ विकेट र मोहम्मद शमीले १ विकेट लिए । दिल्लीको २ विकेट रन लिने क्रममा गुमाउन पुग्यो ।
खेलमा पहिले ब्याटिङको निम्तो पाएको किंग्स इलाभेन पन्जावले पुरा ओभरमा ८ विकेट गुमाई १६३ रन बनाएको थियो । १६३ रन जोड्ने क्रममा पन्जावका क्रिस गेलले सर्वाधिक ६९ रन जोडे । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरि उक्त रन जोडेका हुन् । उनको आक्रामक पारीलाई नेपालका सन्दिप लामिछानेले अन्त्य गर्दै महत्वपूर्ण विकेट लिए । त्यस्तै पन्जावका लागि केएल राहुलले ९ बलमा १२ रन, मयंक अग्रवालले ९ बलमा २ रन, डेभिड मिलरले ५ बलमा ७ रन, मनदीप सिङले २७ बलमा ३० रन जोडे भने साम कुरानले कुनै रन नजोडी ४ बल खपत गरेर आउट भए । खेलमा रविचन्द्र आश्वीनले १४ बलमा १६ रन लिए । त्यसपछि आएका हरप्रीत ब्रर र हार्दुस भीलजोइनले नट आउट रही क्रमश २० र २ रन बनाए ।
पन्जावको ७ विकेट लिने क्रममा दिल्ली क्यापिटलका सन्दिप लामिछानेले ३ विकेट लिए । सन्दीपले केएल राहुल, क्रिस गेल र साम कुरानको विकेट लिएका हुन् । सन्दिप लामिछानेले ३ महत्वपूर्ण विकेटका बाबजुत महँगो रन दिए उनले आजको खेलमा ४ ओभरमा १२ डट बल खेल्दै ४० रन दिए । त्यस्तै खेलमा कगीसो रवाडाले २ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिए ।
खेल पछि कमेन्न्ट्रीबक्समा कमेन्टले सन्दिप लामिछानेलाई आजको पिचमा खेलाउदा रन स्कोर महँगो भए पनि उनले लिएको ३ विकेटको बारेमा जिज्ञाशा राखेपछि कप्तान श्रेयस ऐयरले भने ‘उ धेरै कन्फीडेन्ट छ, उसले सिनियर बलर अमित मिश्रसँग पनि धेरै अनुभव सिकिसकेको छ । लामिछाने राम्रो खेलाडी हो ।’
आजको खेलमा सन्दिप लामिछानेले एफबिबि प्लेयर अफ अवार्ड प्राप्त गरे । उनले आइपीएलको आज सहित खेलेका कुल ८ खेलमा १० विकेट विकेट लिईसकेका छन् भने उनको इकोनोमी रेट ७.७१ रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


