नेपाली चलचित्रमा सम्भावना बोकेका नव संगीतकार सरोज पोखरेल उत्कृष्ट ५ को सूचीमा
इएनआई छायाँछवि डि सिने अवार्ड -२०७६ को उत्कृष्ट सूचीमा
नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका संगीतकार सरोज पोखरेल पर्न सफल भएका छन ।
एघारौं संस्करणको रुपमा आयोजना हुँदै गरेको इएनआई छायाँछवि डि सिने अवार्ड -२०७६ को उत्कृष्ट सूचीमा सार्वजनिक गरिएको छ । इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का लागि यस वर्ष रिलिज भएका १०० चलचित्र मध्धे ४८ चलचित्र छानिएको बताइएको छ ।
नेपालको सांगीतिक क्षेत्रमा आबद्ध भएर दर्जनौ गीतमा संगीत दिएका सरोजले चलचित्र ” अनुराग” मार्फत चलचित्रको गीतमा डेब्यु गरेका थिए उनले
डेब्यु गरेको चलचित्र ” अनुराग ” मा ३ वटा गितमा संगीत दिएका छन भने २ वटा गित युट्युब मार्फत रिलिज भएका छन ।

रिलिज गरिएका दुइ वटा नै गित अत्याधिक मन पराइएको छ । संगीतकार सरोज पोखरेलले संगीत दिएको उक्त गितहरु छोटो समयमा नै धेरैले रुचाइएकोले नेपाली फिल्म क्षेत्रमा नया प्रतिभाको आगमनले थप उर्जा प्राप्त हुने अनुमान गर्न सकिन्छ ।
यस्तै अहिले अन्य दुइ वटा चलचित्र को संगीतमा ब्यस्त रहेको संगीतकार पोखरेलले बताएका छन । चलचित्र बाहेक पोखरेलले ” यो सहरको भिडमा” ” प्रेमको बिन्ति ” “लेखे एउटा गित ” सुस्तरी सुस्तरी गर्दै जादै ” लगायतका २०० भन्दा बढी गीतमा संगीत दिएका छन । पोखरेलले संगित गरेका प्राय जसो गित चर्चित गायक प्रताप दासले गएका छन ।
बिगत १२ वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका पोखरेलले कलानिधि संगीत माहा बिद्यालयमा गुरु राम चन्द्र अन्जान संग संगीत सिकेका हुन् भने प्रयाग संगीत समिति इलाहाबाद ( इंडिया) बाट संगीत प्रभाकर समेत गरेका छन ।यस्तै गुरु चण्डी प्रसाद काफ्ले सग ३ बर्ष संगीत सिकेको पोखरेलले बताएका छन ।
व्यक्तिगत रुपमा सरल र मिजाशिला संगीतकार पोखरेल नेपाली संगीतलाइ आफुलाई भन्दा पनि बढी माया गर्ने बताउछन । उनि भन्छन ” म संगीत कै लागि जन्मिएको हु र नेपाली संगीत क्षेत्रमा नै योगदान गरेर एउटा इट्टा थप्न हर तरहले प्रयासरत छु ।
सांगीतिक क्षेत्रमा कत्तिको चुनौती छ भन्ने प्रस्नमा स्पस्ट पार्दै पोखरेलले भने ” चुनौती हरेक क्षेत्रमा हुन्छ त्यस्तै संगीतमा पनि नभएको हैन नेपालको पनि सांगीतिक क्षेत्र पनि व्यापक छ यहाँ भित्र पनि धेरै विधा छन मुख्य चुनौती चै नेपालका पुराना मौलिक संगीत लाई बचाउदै नया बिश्व परिवेश अनुरुपको सांगीतिक क्षेत्रमा नेपाली गित संगीतलाई पनि स्थापित गराउदै लानु पर्ने चुनौती हाम्रै काधमा छ भन्ने मैले अनुभूति गरेको छु र यसै अनुरुप आफ्नो जिम्वेवारी पुरा गर्न लागि परेको छु
।
अवार्ड बैशाख २१ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
