Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

चीनले नेपाललाई एक अर्ब युआन सहायता गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, १३
चीनले नेपाललाई एक अर्ब युआन सहायता गर्ने

काठमाडौं ,१२ बैशाख । चीनको राजकीय भ्रमणका क्रममा यति राष्ट्रपति विद्यादेवी भण्डारी चीनमा छिन् । गणतन्त्र नेपाल बनेपछि नेपाली राष्ट्रपतिको पहिलो चीन राजकीय भ्रमणका क्रममा उनीसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायत उच्च जनप्रतिनिधि र उच्च कर्मचारी सहभागी छन् ।

नेपाल र चीनबीच विधिन्न सहयोग सम्बन्धि सम्झौता हुँदैछन् । चीनले नेपाललाई एक अर्ब युआन करिब १६ अर्ब ८० करोड रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्ले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविभि मन्त्री गोकुल बास्कोटाले जानकारी पनि जानकारी गराईसकेका छन ।
यस्तै राष्ट्रपतिको चीन भ्रमणका क्रममा नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

यस्तै गुणस्तरसम्बन्धी विषयमा सहयोग सम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने प्रवक्ता बास्कोटाले जानकारी दिए । सो क्रममा हुने अर्को महत्वपूर्ण सम्झौता हो – दुईदेशबीच सांस्कृति आदानप्रदान र चोनी निकासी नियन्त्रण सम्बन्धि सम्झौता ।

Top Changing Nepal

युट्युब सट्स