Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

‘सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, १४
‘सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन’

जनकपुरधाम, १४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोेजित प्रदेश नं २ स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री थापाले संविधानमा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था छैन भन्नुभयो ।

सरकारले सङ्घीयता विरोधी कुनै पनि विधेयक नल्याएको बताउँदै मन्त्री थापालेले सङ्घले संविधानअनुसार नै प्रदेश प्रहरीको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले सरकारले नागरिकता समस्या हल गरिसकेको छ भन्नुहुँदै सर्वोच्च अदालतले विसं २०५४ को नागरिकताबारे आदेश दिएको र विगतमा सोको बारेमा पनि सरकारले स्पष्ट कारण दिई विसं २०५८ को नागरिकताको समस्या हल गरेको स्पष्ट पार्नुभयो ।

मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा मुलुकमा सुशासन, शान्ति, सुरक्षा स्थितिको सुदृढ गर्ने काम भएको दाबी गर्दै स्वतन्त्र मधेशको माग राख्ने सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने र संविधान विरोधी शक्तिको गतिविधिलाई निस्तेज पारेर राष्ट्रिय अखण्डता र शान्ति सुरक्षा कायममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ भन्नुभयो । संविधान विरोधीलाई पनि मूलधारमा ल्याउन सरकार प्रयासरत रहेको छ भन्नुभयो ।

मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक रूपले सुधार र लगानी प्रवद्र्धनको महत्वपूर्ण आधार खडा भएको बताउनु हुँदै आगामी लक्ष्य आर्थिक विकास दरमा वृद्धि रहेको धारणा राख्नुभयो । रासस

Top Changing Nepal

युट्युब सट्स