Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

अण्डा उतपादक किसान आन्दोलित, संघको केन्द्रिय कार्यालयमा तालाबन्दि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, १४
अण्डा उतपादक किसान आन्दोलित, संघको केन्द्रिय कार्यालयमा तालाबन्दि

चितवन। अण्डा उत्पादक किसानहरुले नेपाल अण्डा उत्पादक संघको केन्द्रिय कार्यालयमा तालाबन्दि गरेका छन् । अण्डाको मूल्यमा अस्वभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलन स्वरुप उनीहरुले तालाबन्दि गरेका हुन् ।

विचौलियाको साँठगाठमा अण्डा उत्पादक सघं लागेको किसानहरुको आरोप छ । अण्डाको लागत मुल्य पनि नउठ्ने भएपछि आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ ।

उनीहरुले भरतपुरको लायन्सचोकबाट पुलचोक हुदैं संघको केन्द्रिय कार्यालयसम्म विरोध र्याली निकालेका थिए । औचित्यहिन समितिका पदाधिकारीको राजीनामा समेत उनीहरुले माग गरेका छन् ।

अर्थहिन अण्डा संघ खारेज गर, पदाधिकारीले राजिनामा दे, अण्डाको मुल्य बृद्धि गर, तत्काल साधारण सभा आव्हान गर लगायतका नारा सहित प्ले कार्ड प्रर्दशन गरेका हुन् । मागको सुनुवाई नभए चरणबद्ध सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

Top Changing Nepal

युट्युब सट्स