एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालसामू हङकङ ८६ रनमै समेटियो
काठमाडौं, १४ वैशाख। एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङलाई ८६ रनमै समेटेको छ ।
थाइल्याण्डको चियाङमाईमा जारी खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दै हङकङलाई सस्तो मै समेटेको हो । नेपालका लागि निखिलकुमार सिंहले कसिलो बलिङ गर्दै ६ ओभर दुई बलमा १६ रन दिएर चार विकेट लिए ।
त्यस्तै विशालकुमार पटेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए भने तिलकराज भण्डारीले एक विकेट लिए । हङकङका लागि आरुष भागवतले ४३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बरु नेपाली बलरले १६ वाइड र चार रन ‘बाइ’ गरी हङकङलाई २० रन अतिरिक्त दिएका थिए । समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ को उपविजेता हङकङसँग फाइनल प्रवेशका लागि प्रतिश्पर्धा गर्दैछ ।
साविक विजेतासमेत रहेको नेपाललाई फाइनल पुग्न दबाब छ । अघिल्लो संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिताअन्तर्गत नै अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता सिंगापुरले समूह ‘ए’ को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्दै छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
