तरकारी बेचेरै पढाइ खर्च
खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो ।
“विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । तरकारी बेच्न थालेपछि पढाइ खर्च जुटाउन खासै समस्या नभएको योगीको भनाइ थियो । आमा र बुबा बेरोजगार भएकाले आफै तरकारी बेचेर पढाइ खर्च व्यहोर्नुपरेको उहाँको भनाइ थियो ।
“पहिला पहिला त तरकारी बेच्न बजार आउँदा कसैले केही भन्ने हुन की भन्ने डर लाग्थ्यो, बजारमा आउँदा सानी देखेर होला मैले ल्याएको तरकारी सबै बिक्री हुन्छ”, योगीले सुनाउनुभयो । विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर महतले योगी विद्यालयको राम्रो विद्यार्थी भएको बताउनुभयो ।
तरकारी बेच्न थालेको एक वर्ष भएको र महीनामा तीन हजार कमाइ हुने गरेको उहाँले जानकारी दिनुभयो । योगीसँगै सोही ठाउँकी करिश्मा चौलागाईं पनि तरकारी बेचेरै राम्रो आम्दानी गर्नुहुन्छ । निजी विद्यालयमा पढ्ने उहाँको आवश्यक खर्च जुटाउने माध्यम नै तरकारी बनेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
