• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ६ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ७ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • ७ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ११ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १४ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १४ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १५ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १५ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

बैशाख २३ गतेदेखि काठमाडौंमा गीताज्ञान महानुष्ठान

admin २०७६, बैशाख, १५

काठमाडौं, १५ बैशाख । नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा हुने ऐतिहासिक गीताज्ञान महानुष्ठानको तयारी पूरा भएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गीताज्ञान महानुष्ठान आयोजकले यस्तो जानकारी गराएको हो । उक्त गीताज्ञान महानुष्ठानबाट संकलित दातव्ययबाट निर्माणधिन बद्रि नारायण धामको निर्माण अगाडि बढाउने उद्देश्य रहेको प्रतिष्ठानका संरक्षक एवम् अध्यक्ष सुविख्यात युवावाचक वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले जानकारी दिए ।

गीताज्ञान महानुष्ठानको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दे पण्डित पोखरेलले गीताको तार्किक व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सम्स्त ज्ञान अनुरागीहरुमा आन्तरिक जागृति पैदा गर्न पनि उक्त महानुष्ठान फलदायी हुने विश्वास दिलाए । त्यस्तै, बद्रि नारायणधामसहितको नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टुवा पुर्याउनु अर्को उद्देश्य रहेको उनले स्पष्ट पारे ।

जयराम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै पण्डित पोखरेलले ‘एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ’ भनेर आफूले धेरै पहिले अमेरिकाको एउटा विश्वविद्यालयमा उद्धघोष गरेको स्मरण गराउँदै अब त्यो दिन आउन लागेको सुनाए । उनले भने,‘हामीसँग वेद र बुद्ध छ । यसबारेमा जागरण ल्याउनुपर्छ ।’ मुलुक समृद्धिको आधारमा धार्मिक तथा आध्यात्मिक पर्यटनलाई पनि जोड्नुपर्ने उनको भनाई छ ।

आफूहरुको मूल उद्देश्य भनेको नै समाज जोड्ने भएकोले बद्रिनारायण धाम वेद, बुद्ध र विज्ञानको त्रिवेणी हुने उनले स्पष्ट पारे । उक्त महानुष्ठान आध्यात्म र भौतिकवादलाई समायोजन गरेर नवज्ञान हाँसिल गरिनेपनि उनले जनाए । उनले भने,‘हिजोसम्म अध्यात्म र भौतिकवादको मिलन नै हुँदैन भनिन्थ्यो, तर हामी नदीका यी दुई किनारालाई मिलाउँछौं ।’ वेद र बुद्धको दर्शनको जन्म नेपालमा भएकोले यसलाई जागरण गराउन आफूहरु लागिपरेको पण्डित पोखरेलको भनाई छ ।

उनले उक्त अनुष्ठानमा सबै धर्मका अनुयायीहरु आउन सक्ने भन्दै बैशाख २३ गतेबाट सुरु हुने उक्त महाअनुष्ठानको ज्ञान गंगामा डुबल्की मार्न सबैलाई सहभागिताको लागि आग्रह गरे । उक्त अनुष्ठानमा खर्च न्यूनिकरणको लागि आफूहरु सजग र सचेत रहेको भन्दै धेरै ठाउँबाट सौजन्य प्राप्त भैरहेको पनि उनले जानकारी दिए ।

उक्त आध्यात्मिक केन्द्रबाट १७ वटा हिमाल एकसाथ देखिने र काजी कालु पाँडेको समाधिस्थल भएकोले उक्त केन्द्र अनुपम केन्द्र हुने पनि उनले स्पष्ट पारे ।

आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशिने अरवौं स्वदेशी धनराशीलाई स्वदेशमा परिचालन तथा प्रयोग गर्ने राष्ट्रव्यापी जागरण पैदा गर्नका निम्ति भक्तजनद्धारा प्रदान गरिने दानदातव्यबाट निर्माणधिन बद्रि नारायणधाम सहितको नारायण आध्यात्मिक केन्द्रको बाँकी कार्य पूरा गर्ने महानुष्ठानको अर्को उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव डा. विष्णु खनालले बद्रिनारायण धामको सहयोगार्थ ऐतिहाँसिक गीताज्ञान महानुष्ठानको बारेमा प्रकाश पारेका थिए । उनले उक्त केन्द्र बनाउनको लागि ५० करोडको लक्ष्य निर्धारण भएको र अहिलेसम्म १० करोड संकलन भएर निर्माण कार्यमा खर्चिएको पनि जानकारी दिए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले उक्त महानुष्ठान सफल हुने भन्दै शुभकामना दिए । उनले पण्डित पोखरेलले बोकेको एजेण्डा तीन करोड नेपालीहरुको साझा एजेण्डा भएको पनि बताए । नेपाललाई विश्वसामू चिनाउने कार्यको रुपमा पनि उक्त महानुष्ठान सफल हुने उनको भनाई छ । उनले भने,‘हामी नेपालीहरुले अब नेपालको गौरव पशुपतिनाथ र गौतम बुद्धलाई विश्वसामू चिनाउनुपर्छ ।’

उक्त महानुष्ठान सफल बनाउनको लागि सम्पूर्ण पत्रकारहरुको साथ र सहयोग रहनेपनि धमलाले वचनबद्धता व्यक्त गरे । उनले भने,‘म धेरै मिडियामा आवद्ध छु । सबै मिडियाको माध्यमबाट यो महानुष्ठान सफल बनाउने प्रण गर्दछु ।’

धमलाले गीताको महत्वबारे पनि प्रकाश पारे । गीताको नियमित अध्ययन गर्ने व्यक्ति नै जीवनमा सफल हुन्छ भनेर स्वर्गीय कृष्णप्रसाद भट्टराईले आफूसँग भनेदेखि नियमित गीता पाठ गर्न थालेको पनि सुनाए । विश्वमा हिन्दूत्वको प्रभाव बढ्दै गएको पनि सुनाए ।

नारायण आध्यात्मिक केन्द्रको निर्माणाधिन कार्य सम्पन्न गर्न तथा बद्रिनारायणधामको निमार्ण र मानिसहरुलाई गीताको तार्किक, व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सवैलाई आध्यात्मिक भाव जगाउन अनुष्ठान सहयोगी हुने आयोजकको अपेक्षा छ । नारायण पोखरेल प्रतिष्ठान नागार्जुन– ७ रामकोटको आयोजनामा हुने अनुष्ठानमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको बैज्ञानिक र व्यवहारिक पक्षको बारेमा जानकारी गराउनुहुने छ ।

ऐतिहासिक गीताज्ञान महाअनुष्ठानबाट संकलीत रकमबाट निम्न भौतिक संरचना बनाइने योजना छ ।
मुल प्रवेशद्धार
आश्रम प्रवेशद्धार
प्रशासनिक भवन
बद्रिनारायणधाम सहित देवी देवताको मन्दिर(राम मन्दिर, पाञ्चायन मन्दिर, गणेश मन्दिर)
योग स्थल
धार्मिक प्रवचन गृह
धर्मशाला
अतिथि गृह
गुरु आश्रम
बाउण्ड्री बाल तथा रिटेनिङ्ग बाल
आन्तरिकमार्ग, ध्यान कुटीहरु तथा बाग बगैचा
कर्मचारी निवास
भान्सा घर
शौचालय, स्नानघर, तथा अन्य आवश्य भौतिक संरचना

महाअनुष्ठानबाट करिब ५ देखी ७ करोड दातव्य संकलन हुने अपेक्षाका साथै कार्यक्रम वापतको अनुमानित खर्च ८० लाखहुने अनुमान गरिएको छ । दान दातव्यबाट उठेको रकमबाट बचेको शेष बद्रि नारायण धामको निमार्णमा सदुपयोग गरिने बताइएको छ । अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण,तुलादान, भुमिदान,ब्रतवन्ध,विवाह, चौरासी पुजा ग्रहशान्ति,लक्ष्यदीप प्रज्ज्वलन,हवन,१००८ शालिग्राम पुजा तथा परिक्रमा हुनेछन् ।

महानुष्ठानको दैनिक कार्यतालिकामा योगसाधाना मण्डव पुजन, श्रीमद्भागवत् तथा गीता पाठपारायण, दाता सम्मान, विशिष्ट व्यक्तिहरुद्धारा शुभेच्छा प्रकटलगायतका लगायतका कार्यक्रम हुनेछन् ।गीताज्ञान महाअन्ुष्ठानको बाजागाजा सहित हजारौ संख्यामा शोभा कलश यात्रा २०७६ वैशाख २३ गते विहान १० बजे, २०७६ वैशाख २३ गते १ बजे समुदघाटन, २०७६ वैशाख २३ गते ४ बजे पुर्वाङ्ग, २०७६ वैशाख २४ देखी ३० सम्म महाअनुष्ठान कार्यक्रम, सीतापाइला चोक काठमाडौ, समय बिहान ५ः३० देखी बेलुकी ९्रः३० सम्म ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.