Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७६, बैशाख, १९
नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

बैशाख १९,काठमाडौं । नेपालमा बर्ड फ्लुका कारण एक जनाको ज्यान गएको छ। काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले ‘अप्रत्यासित घटना भएको’ बताइन्।  नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमुनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो। त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। त्यसपछि आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन।

Top Changing Nepal

युट्युब सट्स