लिभरपुलका फाबिन्होमाथि मेस्सीले मुक्का प्रहार गरेपछि..
एजेन्सी । बुधबार रातिको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले लिभरपुलमाथि ३–० को शानदार जित निकाल्यो । फाइनल प्रवेशको पहिलो लेगमा बार्साका लागि मेस्सीले दोस्रो हाफमा २ गोल गरे। यस दुई गोल मेस्सीको लागि महत्वपूर्ण रह्यो किनभने मेस्सीले ६ सय क्लब गोलको कोशेढुंगा पार गरे । रोनाल्डो र मेस्सीको यतिबेला क्लब स्तरको खेलमा समान ६–६ सय गोल छ ।
के भएको थियो ?
बुधबार राति खेलको ८२ औं मिनेटमा लियोनल मेस्सीले डिबक्स बाहिरबाट आकर्षक फ्रि–किक प्रहार गर्दै गोल गरेका थिए । यही गोल लिभरपुलका समर्थकका लागि असन्तुष्टिको विषय बनेको छ । मेस्सीले त्यस समय बल कुदाउँदै पास गर्छन् । सोही समयमा मेस्सीको चेकमा फाबिन्हो पुग्छन् । तर मेस्सीलाई उनले छुँदैनन् ।
मेस्सीको मुक्का
मेस्सीले उफ्रिएर फाबिन्होमाथि मुक्का प्रहार गर्छन् र भुँइमा लड्छन् । रेफ्रीले फाबिन्होले फल गरेको भन्छन् । उनलाई पहेलो कार्ड देखाएर बार्सालाई फ्रि–किको अवसर दिन्छन् । फ्रि–किकमा मेस्सीले आकर्षक गोल गर्छन् । बार्सालाई ३–० को अग्रता दिलाउँछन् । लिभरपुलका समर्थकले यस समयमा उल्टो मेस्सीलाई पहेलो कार्ड दिनुपर्ने भनाइ राखेका छन् ।
आकर्षक फ्रि–किक गोल
सामाजिक संजालमा यस विषय निकै उठेको छ । भिएआरको प्रयोग भएको भए मेस्सीले उक्त गोल नगर्ने उल्टै पहेलो कार्ड पाउने दाबी गरिरहेका छन् । युइएफएले यस ट्याकलको विषयमा पुनर्विचार गरी मेस्सीलाई फाइन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
