‘विप्लव’ को डिमाण्ड : वार्ता ओलीसँगमात्रै गर्छु !
काठमाडौं, २२ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगबाहेक अरुसँग वार्ता नगर्ने भएका छन् । स्रोतकाअनुसार सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता समितिसँग वार्ता नगर्ने विप्लवको घोषणा छ ।
सरकारले समितिका संयोजक सोमप्रसाद पाण्डेलाई विप्लवसँग वार्ता गर्न जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री ओलीले सुझाएअनुसार पाण्डेले पनि विप्लवसँग वार्ताको लागि धेरै पटक प्रयास गरे । तर, उनले विप्लव समूहका शीर्ष नेताहरुसँग वार्ता गर्न सकेनन् । यो बीचमा विप्लवले अब वार्ता नै गर्ने हो भने प्रधानमन्त्री ओलीबाहेक अरुसँग वार्ता नगर्ने निश्कर्षमा पुगेका छन् ।
‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको यो कदमको चौतर्फी विरोध पनि भएको थियो । अहिलेसम्मपनि सरकारको उक्त कदमको विरोध भैरहेको छ । तर, विप्लव समूहका केही प्रभावशाली नेताहरुले उत्तजेजक अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री ओलीले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न खोजिरहेका छन् । सोहीअनुरुप पाण्डेले पनि वार्ताको प्रयास गरे । तर, विप्वल समूहले पाण्डेसँग वार्ता गर्ने कुनै छनक नै देखाएको छैन् ।
विप्लवले चाहेजस्तो के अब प्रधानमन्त्री ओलीले उनीहरुसँग आँफै वार्ता गर्न तयार होलान त ? पक्कैपनि ओली आँफैले प्रतिबन्ध लगाएको शक्तिसँग वार्ता गर्न यति सजिलै तयार होलान भन्न सकिने अवस्था छैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
