फोरमसँग किन एकता ? यसो भन्छन् डा. बाबुराम भट्टराई
काठमाडौं, २२ बैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन्।
संयोजक भट्टराईले भोली (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढने सहमतिका लागि गरिएको जानकारी दिएका हुन्। उनले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागिएको पनि स्पष्ट पारे।
(सोमबार) भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ।
संयोजक भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन संचालन प्रणाली पनि त्रुटीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताए। २ जना नेतृत्वमा रहने गरी एकता हुन लागेको सो पार्टीको मुख्य लक्ष्य मुलुकमा समाजवाद स्थापना गर्नु हुने संयोजक भट्टराईको भनाई छ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
