कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर
जानकारी केन्द्र
२०७६, बैशाख, २४
काठमाडौं । कतारमा कामको लागि गएका नेपालीका आफन्तले बिना भिसा कतार घुम्न पाउने भएका छन् । कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथीभाइलाई बिना भिसा कतार घुम्न पाउने अवसर ल्याएको हो ।
‘समर इन कतार’ उत्सवका बेला विदेशीहरु त्यहाँ बिना भिसा जान पाउनेछन् । यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ अन्य संघ संस्थासँग मिलेर आयोजना गर्दैछ र यो जून ४ देखि अगष्ट १६ सम्म चल्नेछ ।
गल्फ टाइम्सको समाचारमा उल्लेख भएअनुसार कतारमा बस्ने नेपालीका आफन्त र साथीभाइहरु बिना भिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउनेछन् । कतारका नागरिक र त्यहाँ बस्नेहरुले यो उत्सवका बेला आफ्ना आफन्त र साथीभाइलाई ल्याउन वा त्यहीँ बसेर निमन्त्रणा दिइ बोलाउन सक्नेछन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


