• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ६ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ७ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • ७ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ११ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १४ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १४ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १५ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १५ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

गर्भवति छोरी र ज्वाइँलाई बाबुले जिउँदै जलाए

admin २०७६, बैशाख, २५

काठमाडौं,२५ बैशाख । रुक्मिणी रणसिङ्‍घे १९ वर्षकी मात्र थिइन्। ६ महिनाअघि उनले आफूले प्रेम गरेको केटासँग विवाह गरिन्।तर रुक्मिणी र उनका पतिको जात नमिल्ने भएकाले उनीहरूको विवाहको निर्णयमा परिवारको सहमति थिएन।

जात नमिल्ने केटासँग रुक्मिणीले गरेको विवाहलाई लिएर उनको माइती पक्षमा असमझदारी यति धेरै बढ्यो कि एक दिन रुक्मिणीका पिता, काका र मामा मिलेर उनी र उनका पतिलाई जिउँदै जलाइ दिए।आफ्नो परिवारप्रतिको आक्रोशको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुक्ता गर्नुपर्‍यो।

महाराष्ट्रको अहमदनगरको यो घटनाले अनर किलिङुको मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ।रुक्मिणी अनुसूचित जाती एससीमा पर्ने पासी जातिकी थिइन् भने उनका पति मंगेश अन्य पिछडा वर्ग ९ओबीसी०मा पर्ने लौहार जातिका थिए।

दुवै जनाले ६ महिना पहिले प्रेम विवाह गरेका थिए।रुक्मिणीका पिता र परिवारका अन्य सदस्यहरू यो विवाहको विरूद्ध थिए।तर मंगेशका परिवारका सदस्यहरूले भने यो विवाहलाई स्वीकार गरेका थिए।

रुक्मिणीका देवर महेश रणसिङ्‍धेले बताए अनुसार उनीहरूको विवाहमा रुक्मिणीको माइती पक्षबाट उनकी आमा मात्र आएकी थिइन्।महेशले भने, ूविवाहपछि पनि रुक्मिणीका घरका सदस्यहरूले यो नाताको विरोध गरिरहेका थिए। मंगेश र रुक्मिणीलाई सडकमासँगै देख्दा उनीहरू धम्की दिन्थे। त्यसबाट हैरान भएर मंगेश र रुक्मिणीले गत फेब्रुअरीमा अहमद नगरस्थित परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए।

त्यस्तै खाले तनावका बीच ३० एप्रिलमा रुक्मिणीका माता(पिताले उनलाई आफ्नो घर बोलाएका थिए।घर गएपछि उनीहरूले रुक्मिणीलाई पिटे। स्रोतको अनुसार रुक्मिणी दुई महिनाकी गर्भवती भएको जनाईएको छ ।पिटाइ खाएपछि रुक्मिणीले त्यसै रात मंगेशलाई फोन गरेर परिवारका सदस्यहरूले आफूलाई पिटेको जानकारी दिइन्।

उनले मंगेशलाई आफ्नो माइतीमा आएर लिएर जान आग्रह गरिन्।त्यसको भोलिपल्ट अर्थात् मे १ तारिखमा मंगेश रुक्मिणीको माइत पुगे।त्यसबेला उत्तरप्रदेशमा बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ आएका थिए।त्यस दिन रुक्मिणीको विवाहलाई लिएर त्यहाँ ठूलै झगडा भयो।रुक्मिणीका काका र मामाले रुक्मिणी र उनका पतिलाई कुटपिट गरे।

त्यसपश्चात् उनीहरूले दुवै जनालाई डोरीले बाँधेर पेट्रोल छर्किए अनि आगो लगाइदिए।उनीहरूले नव दम्पतीलाई बाँधेर आगो मात्र लगाएनन्, घरभित्र बन्द गरिदिएर बाहिरबाट ढोका समेत लगाइदिए।महेश रणसिंघेका अनुसार घरबाट आएको दर्दनाक चित्कार सुनेपछि छिमेकीहरू घटनास्थल पुगेका थिए।

उनीहरूले एम्बुलेन्स बोलाएर मंगेश र रुक्मिणीलाई पुर्णे लिएर गए। उपचारका लागि ससून अस्पतालमा भर्ना गराए।तीन दिनपश्चात् ५ मे मा रुक्मिणीको मृत्यु भयो।उनलाई अस्पताल भर्ना गराउँदा रुक्मिणीको अवस्था गम्भीर थियो।

उनको शरीरको ६० देखि ६५ प्रतिशत हिस्सा जलिसकेको थियो।ससून अस्पतालका चिकित्सकहरूका अनुसार मंगेशको अवस्था पनि गम्भीर भइसकेको छ। हाल उनको उपचार भइरहेको छ। मंगेशको शरीरको पनि ४० देखि ४५ प्रतिशतसम्म हिस्सा जलेको छ।

रुक्मिणीको घर नजिकै बस्ने सञ्जय बेदीले भने, घरबाट धुवाँ उडिरहको थियो तर ढोका बन्द थियो। हामीले ढोका फुटायौँ र एम्बुलेन्सलाई फोन गर्‍यौं।बेदीका अनुसार उक्त परिवारबारे उनलाई खासै जानकारी छैन।

उनले उत्तर प्रदेशबाट आएको उक्त परिवार विगत ८ महिनादेखि त्यहाँ बसोबास गरिरहेको जानकारी दिए।परनेर प्रहरी चौकीमा यसबारे एउटा उजुरी दर्ता गरिएको छ। रुक्मिणीका मामा घनश्याम र काका सुरेन्द्र बाबुलाल भारती उर्फ बिल्लू पण्डितलाई गिरफ्तार गरिएको छ।

अहमद नगरका प्रहरी मनीष कलवानियाले भने, प्रहरीले रुक्मिणीका पिता रामा रामफल भारतीको खोजी गरिरहेको छ। घटनास्थलबाट प्रहरीले पेट्रोलको एक बोतलसहित अन्य सामानहरू बरामद गरेको छ। घटनाको जाँच अहिले जारी छ।रुक्मिणीका देवर महेश भने प्रहरीले बेवास्ता गर्दा उनको परिवारले यस्तो भोग्नुपरेको आरोप लगाउँछन्।

उनी भन्छन्, हामीले रुक्मिणीको परिवारले मंगेश र रुक्मिणीलाई धम्की दिइरहेका छन् भनेर निक्सोज र परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थियौँ। गत फेब्रुअरीमा प्रहरीलाई धम्कीबारे बताएका पनि थियौँ। यो घटनाको ठीकअघि पनि हामीले लगातार धम्की पाइरहेको भनेर प्रहरीलाई खबर गरेका थियौँ।

उनलाई प्रहरीले चाँडै नै आफ्नी भाउजुको हत्यामा सामेलहरूलाई सजाय हुने र आफ्नो परिवारलाई न्याय मिल्ने आशा छ।एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.