मेलम्चीको पानीलाई लिएर श्याम ज्यापुले उठाए प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न
‘सरकारले हामीलाई पानी होईन, हावामात्रै खुवायो’
काठमाडौं, ४ जेठ । पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे उनले सरकारले पटक–पटक आफुहरुलाई पानी आउँछ भनेर आश्वाशसनमात्र दिईरहेको तर आयोजनको काम अझै अनिश्चित् पार्दे गएकोमा आक्रोस पोखे ।
ललितपुर जावालाखेलका स्थायी वासिन्दा श्यामले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ को दशैं अगाडिनै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याईसक्ने बताएपनि अहिलेसम्म आयोजनाको काम समपन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाए ।
सरकारको कार्यशैलीप्रति आपत्ति जनाउदै आएका उनले बिरोधस्वरुप २०७५ को घटस्थापनापछि दैनिकजसोे आफ्नो मोटरसाईकलको पछाडी ‘म बौलाहा हुँ, मेरो घरको यस धारमा मेलम्चीको पानी कहिले आउँछ ? मेरो नेपाल । हाम्रो गौरवको ब्यानर राखेर हिँड्ने गरेकोे पनि सुनाए ।
उनले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै २०७६ को आषाढभित्र पनि मेलम्चीको पानी आउने अवस्था नदेखे सरकारले गर्नुपर्ने काम आफुले भिख मागेर भएपनि सम्पन्न गरी काठमाडौंमा पानी ल्याउने घोषणा समेत गरे ।
२० वर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दापनि काठमाडौंबासीको काकाकुल मेट्न नसकेकोे उनको भनाई रहेको छ । ‘‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ?’’–उनले आक्रोस पोखे ।
आफुजस्तै लाखौं घरकापरिवार अहिलेपनि ट्यांकरको पानीमा निर्भर रहँदै आएको बताउदै उनले सरकाले मेलम्चीको बिषयमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । पानीको पाईप बिच्छ्याउने निहुँमा सरकारले बनेको बाटोमात्र तोडेर धुलाम्मे पारिरहेको तर पाईपबाट पानी नआएर सरकारले जनतालाई हावा खुवाईरहेको उनको आरोप छ ।
ठेकेदार कम्पनी र सरकारकोे बिचमा बेला–बेला उत्पन्न समस्याले आफुजस्ता लाखौं जनता पीडा बोकेर हिँड्नुपरेको उनको भनाई छ । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सिएमसीसंगको बिषयले सरकारले काम नभएको कारण देखाउदै आफुहरुको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
