• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • ७ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ७ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १२ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १३ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

विचरा मलेसिया जाने कामदार ! श्रममन्त्रीलेनै हस्ताक्षर विर्सिदिएपछि अब कसको आश ?

admin २०७६, जेष्ठ, ४

मनोज पराजुली , काठमाडौं ।  बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदार दैनिक ठगीमा पर्दा समेत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुकदर्शक बनेर बसेको छ । 

श्रम मन्त्रालयले गत वर्ष जेठ २ अगाडी मलेसियाको कलिङ भिषा आइसकेकाहरुको लागि गत चैत्र १८ गतेबाट श्रम स्वीकृति दिने निर्णय भएको थियो । 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा श्रम कार्यालय ताहाचालबाट आवश्यक प्रक्रिया शुरु भएको थियो । सो पश्च्यात हालसम्म १९ सय कामदारले श्रम स्वीकृति लिएका श्रम कार्यालय ताहाचलले जानकारी दिएको छ ।  

तर हाल कलिङ्ग भिषा बाहेकका कामदारको पनि धमाधम मेडिकल ४५००/- र जिएसजी मार्फत ३२००/- रकम अशुल भइरहंदा श्रम मन्त्रालयले हालसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । अनुगमन गरि आवश्यक कारवाही हुनुपर्ने भए पनि खुलम-खूला अबैध शुल्क अशुल गर्न ति संस्थालाई छुट दिईरहेको छ । श्रम मन्त्रालयले आफ्नो धारणा सार्वजनिक नगर्दा मलेसिया रोजगारी खुलेको भन्दै कामदार ठगिने क्रम रोकिएको छैन ।

मलेसिया खुलेको भन्दै केहि म्यानपावर तथा एजेन्टहरुले गाउँ-गाउँबाट कामदारलाई काठमाडौं बोलाएर जिएसजी सर्भिस पुर्याएका छन् । हाल केहि दिन यता महाराजगंज निर्मल निवास नजिक रहेको जिएसजी सर्भिसमा कामदारहरुको भिड देख्न सकिन्छ ।

विभिन्न म्यानपावर तथा एजेन्टहरुले कामदारको पासपोर्ट होल्ड गराएर राख्न थालेका छन् । साझा सवाललाई प्राप्त जानकारी अनुसार यसअघि मलेसिया पठाउँदै आएका विभिन्न म्यानपावर कम्पनीहरुले कामदारहरुको पाससपोर्ट होल्ड गराउन उद्दत देखिएका छन् ।

अधिकांश म्यानपावर कम्पनीले ४५ दिनभित्र सबै काम हुने र मलेसिया जान पाउने आशा देखाएर मेडिकल र जिएसजी गर्न लगाएको साझासबालको सम्पर्कमा आएका कामदारले जानकारी दिएका छन् । उनीहरुले उपलब्ध गराएको पासपोर्ट बनेका मितिका आधारमा हेर्ने हो भने पनि उनीहरुको कलिङ्ग भिषा आएको छैन अर्थात गत वर्ष जेठ २ गते अगाडी उनीहरुले म्यानपावरमा पासपोर्ट बुझाएका थिएनन् भन्ने स्पष्ट छ । 

कलिङ् भिषा आएका बाहेकहरुलाई पनि म्यानपावरले ४५ दिनमा सबै काम हुन्छ भनेपछि धनगढीबाट काठमाडौं आएर जिएसजी मार्फत ३२००/- तिरेर घर गएको हो एक कामदारले भने “म्यानपावरले पुन: मेडिकल गर्न काठमाडौं बोलाएपछि मेडिकल पनि गरेको छु ।’’ म्यानपावरले सेक्युरिटी गार्डको लागि १ लाख भन्दा बढी रकम माग गरेको उनले बताए ।  

यसै बिषयमा जिएसजि सर्भिसकै क्रममा भेटिएका एक जनाले आफ्नो नाम नखुलाउने सर्तमा भने ‘बिचरा हामी ! श्रम मन्त्री आफैले हस्ताक्षर गरेर अवैध भनेको संस्थामा ३२०० बुझाउन आउनुपरेको छ ।’ उनले व्यंग्यात्मक मुद्रामा फेरी भने ‘मन्त्रीज्यूले आफैले गरेको हस्ताक्षर समेत बिर्सनुभयो कि जस्तो छ । राम्रो भनिएका मन्त्रीज्यूकै जिम्मेवारी पर्ने ठाउँमा त यतिसम्म मनपरी छ भने अरु ठाउँको के कुरा गर्नु ?’

मलेसियाको लागि नयाँ डिमाण्ड नआएपनि म्यानपावर कम्पनीले पुराना डिमाण्ड देखाउंदै धमाधम अन्तर्वार्ता समेत गराई सकेका छन् । जाने कामदारलाई सेटिङ्गमा श्रम स्वीकृति निकाल्ने चलखेल शुरु भएको श्रोत बताउँछ ।  

श्रममन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा बिभिन्न नाममा उठाउँदै आएको शुल्क खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । सो निर्णय पश्च्यात कामदारबाट रकम अशुल गर्नको लागि स्थापित भएका माइग्राम्स, वायोमेट्रिक, ओएससी, भिएलएन, जीएसजी गरि ५ संस्था खारेजीमा परेका थिए । तर मन्त्री आँफैले खारेज गरेका संस्था जिएसजी सर्भिसले अबैध रुपमा रकम संकलन गरिरहँदा श्रम मन्त्रालयले अहिलेसम्म आफ्नो आधिकारिक धारणा जारि गरिसकेको छैन । जिएसजिले पहिलेनै कलिङ भिषा आएकाहरुको मात्र नभई मलेसिया जान चाहने नयाँ कामदारहरुबाट समेत धमाधम रकम अशुली गरिरहेको पाइएको छ । 

प्रमाण खोज्दैछु : श्रममन्त्री विष्ट 

मलेसिया खुलेको नाममा मेडिकल र जिएसजी मार्फत कामदार ठगीबारे प्रमाण खोजिरहेको श्रममन्त्री विष्टले साझासबाललाई बताए । आँफैले खारेज गरेका संस्थाले अबैध रुपमा रकम लिई रहंदा कारवाही किन हुँदैन भन्ने हाम्रो प्रश्नमा मन्त्री विष्ट भन्छन् “कुनै प्रकारको शुल्क लिन पाइदैन, यसबारे तपाईसंग प्रमाण भए मलाई दिनुस्, म पनि प्रमाण खोज्दैछु ।” 

मन्त्री विष्टले प्रमाण मागीरहँदा अनुगमन गर्ने अधिकार पाएको श्रम मन्त्रालय हालसम्म के गरेर बसिरहेको छ भन्ने प्रश्न आम सर्वसाधारणले गरिरहेका छन् । 

साझासबालले यसअघि जिएसजी सर्भिसले अबैध रुपमा रकम संकलन गरिरहेको खुलासा गरेको थियो । मलेसिया रोजगारी खुलेको भन्दै जीएसजी सर्भिसले ‘इमिग्रेसन सेक्युरिटी क्लियरेनस’ (आईएससी) बापत प्रति कामदार ३२ सय रुपैंया रकम संकलन गरिरहेको छ । हामीले यो बिषयलाई स्थलगत अध्ययननै गरेर भिडियोनै तयार पारेको थियो । 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

ताजा

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.