कैलालीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
कैलाली, ५ जेठ । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा दुई जनाको मृत्यु भएको छ । शनिबार साझँ छुट्टा छुट्टै दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । टीकापुर नगरपालिकामा साँझ साढे ७ बजे जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बा १६ च ४७१० नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको युपी ३१ एस ५१७० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक टीकापुर नगरपालिका–७ का २६ वर्षीय कमल साउँदको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, शनिबार साँझ जानकी गाउँपालिकास्थित बेलापुरमा भएको मोटरसाइकल दुर्घटनामा थप एक जनाको मुत्यु भएको छ । अपराह्न करिब साढे ५ बजे से २ प ४२४६ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेलापुरका ३२ वर्षीय रामनारायण चौधरीको घटना स्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कृष्ण बम गम्भीर घाइते भएका छन् । घाइते बमको टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
