ला लिगाको अन्तिम खेलमा बार्सिलोना बराबरीमा रोकियो, २ मिनेटमा मेस्सीको दुई गोल
काठमाडौं, ६ जेठ । स्पेनिस लिग फुटबलको अन्तिम खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा च्याम्पियन बार्सिलोनालाई आइबारले २–२ गोलको बराबरीमा रोकेको हो ।
आइबारको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो गोल गरे पनि बार्साका लियोनल मेस्सीले दुई गोल गर्दै ३२ औं मिनेटमा टोलीलाई अग्रता दिए । ४५ औं मिनेटमा आइबारका डे ब्लासिसले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।बराबरीसँगै बार्सिलोनाले ३८ खेलबाट ८७ अंकका साथ सो सिजनको लिग सकाएको छ । गएराति भएको अर्को खेलमा रियाल बेटिसले रियाल मड्रिडलाई २–० ले हराएको छ । आफ्नै मैदानमा बेटिसलाई विजयी गराउन मोरोन र रुईजले एक–एक गोल गरे ।
गएरातिका खेलसँगै स्पेनिस लिग फुटबलको यो सिजन सकिएको छ । यसपटक च्याम्पियन बार्सिलोनासँगै एथ्लेटिको मड्रिड, रियाल मड्रिड र भ्यालेन्सिया च्याम्पियन्स लिगका छनोट भए । अंक तालिकाको पुछारमा रहेका जिरोना, हुएस्का र रायो भायकानो भने दोस्रो श्रेणीमा झरे ।
एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
