• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ९ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १२ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १२ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १३ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १३ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • १४ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

म्यानपावरद्वारा अनुगमन छल्न शनिबार कारोबार, कार्यविधि नहुँदा अनुगमन गर्न सकिएन विभाग

admin २०७६, जेष्ठ, १२

मनोज पराजुली, जेठ ११, काठमाडौं । वैदेशिक रोजगार विभागको अनुगमनलाई छल्न म्यानपावर व्यवसायीले नयाँ रणनीति अपनाउन थालेको पाइएको छ । पछिलो समय विभागले तोकिएको लागत भन्दा बढी रकम लिने तथा उजुरीका आधारमा म्यानपावर अनुगमलाई तीव्र पारेपछि शनिबार कामदारसँग रकम अशुल गरि विदेश उडाउन थालेका हुन् । 

गत शनिबार महाराजगंजमा रहेको कसमस नेपाल ह्युमन रिसोर्स प्रालिले साउदीको सिनोपेक इन्जिनियरिंङ्ग कम्पनीमा पठाउन प्रति कामदार ९५ हजार लिएर विदेश पठाएको कामदारले बताएका थिए । सोहि कम्पनीले आज (शनिबार) नै पारेर केहि कामदारहरुबाट ९० हजार देखि १ लाख १० हजार सम्म लिन लागेको कामदारहरुले बताएका छन् । उनीहरु सबैको आज बेलुकीको नै टिकट रहेको पाइएको छ । सरकारले साउदीका लागि म्यानपावरको सेवा शुल्क १० हजार तोकेको छ । कामदारले तिरेको रकमको बिल म्यानपावर कम्पनीले नदिंदा कामदारसंग पैसा तिरेको बिल प्रमाण हुँदैन जसका कारण कामदार उजुरी गर्न सक्दैनन् ।

यस म्यानपावरले सिनोपेक कम्पनीबाट ५० जना भन्दा बढी कामदारको डिमाण्ड ल्याएको पाइएको छ । म्यानपावरले गत शनिबार केहि र आज बाँकि कामदार साउदी पठाउन लागेको हो । गत हप्ता म्यानपावर कम्पनीले प्रतिकामदार ९० हजार लिन लागेको जानकारी पाउँदा समेत विभागले शनिबार भएको भन्दै अगुमन गरेको थिएन । आजपनि म्यानपावर कम्पनीले कामदारबाट रकम लिन लागेको बारे जानकारी पाउँदा समेत विभागले अनुगमन गरेको छैन।  

म्यानपावरका गतिविधि नियन्त्रण गर्ने सार्वजनिक बिदाको दिन शनिबार कसरी काम गर्ने भन्ने कार्यविधि नहुँदा अनुगमन गर्न समस्या भएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले बताए।  सोहि प्रकृतिको कारोबार आज पनि दोहोरिए पछि अब म्यानपावरको यस्ता कार्यलाई तत्काल करावाही गर्न सक्ने गरि आवश्यक निर्णय लिइने महानिर्देशक भुसालले बताए ।

साउदीको उक्त्त कम्पनीले यसअघि अन्य म्यानपावर कम्पनीबाट फ्री भिषा र फ्री टिकट सहित शुन्य लागतमा कामदार लिंदै आएको थियो । तर यस म्यानपावरले रोजगारदाता कम्पनीका चाइनिज मानव संसाधन विभाग (एच आर प्रमुख) का व्यक्तिहरुलाई कमिसन खुवाएर डिमाण्ड ल्याएको बताइएको छ । हामीलाई भिषा टिकट वापत खर्च दिनुपर्दैन बरु हामी तपाईलाई नै नेपालबाट रकम दिन्छौं भन्दै डिमाण्ड लगेको हो एच आरको भनाइ उधृत गर्दै श्रोतले भन्यो ” नेपालको म्यानपावरलाई समेत सेवा शुल्क दिने कम्पनीमा कामदारबाट नै रकम लिनु न्यायोचित हुँदैन।”  यस अघि कामदारसँग रकम नलिएको दावी गरेका कसमस नेपाल ह्युमन रिसोर्सका प्रवन्ध निर्देशक ऋषि रावलसंग सम्पर्क  गर्दा टेलिफोन रिसिभ गरेनन् ।  

पछिल्लो समय बैदेशिक रोजगार विभागमा डा. भीष्म कुमार भुसाल महानिर्देशक नियुक्त भएपछि म्यानपावरका ठगि विरुद्ध आक्रामक रुपमा पस्तुत हुँदै आएका छन् ।  विमागका महानिर्देशक डा.भिष्मकुमार भुसालकै नेतृत्वमा जुपिटर ओभरसीज प्रा.लि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारेर कागजात नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरेको थियो । त्यस्तै गत बैशाख १९ गते पनि मन्सुर म्यानपावर प्रा. लि ,जेठ ८ गते ललितपुरको ताल्छिखेलमा रहेको युनिभर्सल कनेक्सन प्रा. लि मा विभागले अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.