विप्लबले निकाले यस्तो बिज्ञप्ति, केपी पिके कम्पनि !
जेठ १३, काठमाडौं । आइतबार काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना नेकपा विप्लव समूहको आफ्नै कार्यकर्ता भएको एक बिज्ञप्ति मार्फत सो पार्टीका महासचिव विप्लवले स्वीकार गरेका छन् । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरेका छन् ।
‘केपी सरकारको राज्यआतंक, कमरेड घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपालबन्द कार्यक्रमलाई साथ् र सहयोग दिने राजनीतिक पार्टी र आम जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ’ जारी बिज्ञप्तिमा भनिएको छ ।
मारिने मध्ये एक जना जनमुक्ति सेनाका कमाण्डरसमेत भएको खुलेको छ । तर, मृतकमध्ये को जनमुक्ति सेनाका कमाण्डर हुन् भन्ने खुलाइएको छैन । विज्ञप्तिमा ‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको लेखिएको छ ।
विप्लव समूहले घटना कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने बताएको छ । तर, यसको मुख्य दोषी सरकारको फासीवादी दमन भएको बताएको छ ।
विज्ञप्तिको अन्त्यतिर भनिएको छ ‘हाम्रो पार्टी सहिदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।
प्रहरीका अनुसार भने बम बिस्फोट हुँदा सुकेधारामा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको छ । घट्टेकुलो बिस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
