पेरुको भूकम्पमा जनधनको क्षति
लिमा, १३ जेठ । पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ७।५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।
राष्ट्रिय आपतकालीन उद्धार केन्द्र ९कोन० का प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो मुनोजको मृत्यु भएको छ । भिरालो पहाडमा रहेको घर भएका डारियोको घरमाथि बज्रिएको ढुंगाका कारण उनको मृत्यु भएको थियो ।
जियोफिजिक्स इन्स्टिच्यूट पेरु ९आइजीपी० का अनुसार उत्तरी अल्टो अमेजोनास प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान २ बजेर ४१ मिनेटमा गएको थियो ।
निकै शक्तिशाली मानिएको उक्त भूकम्पबाट करिब १३० वटा घर, तीन वटा विद्यालय र छ वटा साना अस्पताल क्षतिग्रस्त भएका छन् । उक्त भूकम्पको धक्का छिमेकी मुलुकहरु इक्वेडर, कोलम्बिया, ब्राजिल र बोलिभियामा पनि अनुभव गरिएको थियो ।एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
