श्रममन्त्रीको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु, १५० जनालाई रोजगारी
जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि केन्द्र सरकारले बजेट पठाएपछि गाउँपालिकाले आज एक कार्यक्रम गरेर युवाहरुलाई रोजगारी दिएको हो ।
विभिन्न क्षेत्र निर्धारण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अगाडी बढाएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले सझासबाललाई जानकारी दिए । गाउँपालिकाले आजबाट रोजगार कार्यक्रमको शुरुवात गरेको र आगामी २१ गतेबाट पूर्ण रुपमा काममा लगाइने उनले बताए ।
शिक्षण सस्थामा १३, स्वाथ्य सस्थामा ४, कृषि र पशुपालनमा १५ ,सिचाइकुलो मर्मतमा १५ जनालाई ३० दिनको रोजगारी दिन लागिएको पोखरेलले जानकारी दिए । त्यस्तै बिधुत मर्मतमा ७, खानेपानी मर्मतमा १५, सडक मर्मत मा ८१ गरि जम्मा १५० जनालाइ ३० दिनको रोजगारी प्रदान गर्न लागिएको उनले बताए । बेरोजगार सूचीमा सुचिकृत भएका युवाहरुलाई आगामी आर्थिक वर्षको सुरुवातबाट नै रोजगारी दिनको लागि तयारी गरिएको उनले बताए ।
सरकारले चालु आर्थिक वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्नको लागि ३ अर्ब रकम छुट्याएको थियो । सोहि रकमबाट हरेक स्थानीय तहमा बेरोजगारहरुलाई न्युनतम १ सय दिनको रोजगारी भनिए पनि यस वर्ष ३० दिनको लागि रोजगारी दिन शुरु गरिएको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


