काठमाडौं, १९ जेठ । ललितपुरको सानेपामा भयानक दुर्घटना हुँदा एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।
बा १६ च ४७ ४३ नम्बरको स्कर्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्ष ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको बताइएको छ ।
दुईवटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।






