हावाहुरीले नवलपरासीमा एक जनाको ज्यान लियो
जानकारी केन्द्र
२०७६, जेष्ठ, २०
रबिन्द्र यादव / नवलपरासी पश्चिम
नवलपरासी पुर्वको विनयी त्रिवेणी गाउपालिका त्रिवेणीमा आईतबार साझ आएको हावाहुरिले उडाएको जस्तापाताले च्यापेर एक बालिकाको ज्यान गएको छ । आईतबार साझ एक्कासि आएको हावाहुरीले विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ७ बस्ने लल्लन यादवको घरको छाना उडाएको व्यारेज पुलमा लगेको थियो ।
सोही छानाले च्यापेर यादवकी छोरी १० बर्षीय अन्जली यावदको ज्यान गएको त्रिवेणी प्रहरीका प्रहरी नायव निरिक्षक कृष्ण शाहले जानकारी दिनु भएको छ । शाहका अनुसार भारत घर भएका यादवको परिवार बिगत २० बर्ष देखि त्रिवेणीमा बस्दैं आएको थियो ।
हावाहुरीले त्रिवेणीमा ८० घरमा क्षति पुर्याएको छ भने अन्य क्षतकिो विवरण आउन बाकी रहेको शाहले बताउनुभयो । त्यसैगरी सुस्ता र प्रतापपुर गाउँपालिकामा किसानले लगाएको केरा खेतीमा समेत क्षति पुर्याएको छ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
