रबिन्द्र यादव/ नवलपरासी पश्चिम नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले तेस्रो गाउँ सभा सम्पन्न गरेको छ जेठ ३१ गते चलेको गाउँसभाले विभिन्न प्रस्ताव तथा ऐन, कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिएका छन् ।
शुक्रबार बसेको गाउँ सभाले चालु आर्थिक वर्ष २०७५/६७ को योजना संसोधन तथा अनुमोदन सम्बन्धी विषयमा छलफल गरिएको थियो । वडागत रुपमा दोस्रो गाउँ सभाले स्वीकृत गरेका तर कर्मचारी अभाव र कर्मचारी समायोजन कारणले गर्दा कार्यान्वयन गर्न ढिलाई भएका निर्णयहरुमाथि छलफल गरिएको थियो ।
सभामा उपस्थित वडा अध्यक्ष, वडा सदस्यहरुको प्रश्नको जवाफ प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले दिनुभएको थियो । सभामा गाउँपालिकाका ९ वटै वटाका वडा अध्यक्षहरुले आफ्नो वडामा परेको विकास बजेट संशोधन योजना प्रस्तुत गरेका थिए ।






