प्रधानमन्त्रिले भने, राहत दुरुपयोगको सूचना तुरुन्तै दिनुहोला
जानकारी केन्द्र
२०७२, असार, १३
सुशील कोइरालाले भूकम्पपीडितका लागि स्वदेश तथा विदेशबाट आएको राहत रकम र सामग्रीको दुरुपयोग भएको जानकारी पाएमा तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा खबर गर्न दाताहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले सो कुरा भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बताउनुभएको हो ।
उहाँले हरेक व्यक्ति र संस्थाले आफ्नो भाग काटेर पीडितलाई मानवीय सहयोगका लागि दिएको रकम र राहत सामग्री हिनामिना र दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभयो । सो अवसरमा उहाँले दाताहरुले पनि आफूले दिएको रकम सदुपयोग भए नभएको हेर्नुपर्ने उल्लेख गर्नुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

